Logo

साना सपिङ मलहरू धमाधम बन्द हुँदै, खर्बौ रुपैयाँको लगानी डुब्यो

साना सपिङ मलहरू धमाधम बन्द हुँदै, खर्बौ रुपैयाँको लगानी डुब्यो



काठमाडौं । एक रिपोर्टले भारतमा साना सपिङ मलहरू द्रुत गतिमा बन्द हुँदै गएको देखाएको छ । रिपोर्टका अनुसार ग्राहकहरूले अनलाइन किनमेल गर्न थालेका छन् वा ठूला मलहरूमा जान रुचाउँछन् । रियल इस्टेट कन्सल्टेन्सी फर्म नाइट एन्ड फ्र्याङ्कलिनले यो रिपोर्ट जारी गरेको हो । जसमा मल भित्र खाली पसलहरूको संख्या तीव्र गतिमा बढिरहेको बताइएको छ । जब कुनै मलमा ४० प्रतिशतभन्दा बढी पसल खाली हुन्छ, त्यसलाई ‘घोस्ट मल’ भनिन्छ ।

laxmi

प्रतिवेदनले देखाएको छ कि सन २०२३ मा कुल भाडायोग्य क्षेत्र अर्थात् भारतमा भाडाका लागि तयार पसलहरूको संख्या २३८ प्रतिशतले बढेको थियो तर, २०२२ मा ‘घोस्ट मलहरू बढने क्रम ५७ प्रतिशतबाट ६२ प्रतिशत पुग्यो । विज्ञहरू भन्छन् कि यो ग्राहकहरुको मागको कमीको एक संकेत हो जसले ठूलो बेरोजगारी निम्त्याउन सक्छ । यसको असर साना व्यापारी र सेवा प्रदायकमा पर्न सक्छ । भारतको जीडीपीमा निजी उपभोगको हिस्सा ६० प्रतिशत छ । तर त्यसमा खासै वृद्धि भएको छैन । सन २०२३ को अन्तिम त्रैमासिकमा अर्थतन्त्र ८.४ प्रतिशतको दरले बढेपनि निजी उपभोग ३.५ प्रतिशतले मात्र बढेको छ ।

भारतका २९ सहरको सर्वेक्षणमा आधारित नाइट फ्र्याङ्कको प्रतिवेदन ‘थिंक इन्डिया थिंक रिटेल २०२४’ शीर्षकमा जारी गरिएको छ । रिपोर्ट जारी गर्दै फर्मका निर्देशक गुलाम जियाले भने, ‘धेरै साना सपिङ मलहरू बन्द हुने अवस्थामा छन् ।’ एक लाख स्क्वायर फिट क्षेत्रफल भएका १३२ सपिङ मल असफल हुने संघारमा छन् । सन् २०२२ मा खाली पसलको संख्या ३३.५ प्रतिशत थियो, जुन २०२३ मा बढेर ३६.२ प्रतिशत पुगेको छ ।

प्रतिवेदनमा भनिएको छ कि व्यावसायिक खुद्रा सम्पत्तिहरूको धेरै विस्तार भएको छ तर तिनीहरूको प्रदर्शन राम्रो छैन । २०२३ मा १३३ लाख स्क्वायर फिट क्षेत्रफल भएका पसलहरू खाली थिए, जसका कारण विकासकर्तालाई ६७ अर्ब भारतीय रुपैयाँ (करीब एक खर्ब ८ अर्ब नेपाली रुपैयाँ)घाटा भएको थियो । ठूला सपिङ सेन्टरजस्ता सुविधा दिन नसक्दा साना सपिङ मलहरू असफल भइरहेका जियाको भनाइ छ । जसका कारण उनीहरुका मालिकहरु ओरालो लागेका छन् ।

रिपोर्टका अनुसार ठूला सपिङ मल अर्थात् पाँच लाख वर्ग फिटभन्दा बढी क्षेत्रफल भएका मलहरूमा खासै समस्यामा परेको देखिँदैन । त्यहाँ खाली पसलको संख्या पाँच प्रतिशतमात्रै रहेको छ । मध्यम आकारका सपिङ मलहरूमा यो दर १५.५ प्रतिशत छ । सन २०२३ मा, भारतमा १२५ मिलियन स्क्वायर फिट मलहरू ‘‘घोस्ट मल’ को श्रेणीमा थिए ।

तीमध्ये ७५ प्रतिशत आठ ठूला सहरमा थिए । २०२३ मा दिल्ली, मुम्बई र बेंगलुरुलगायत देशका आठ ठूला शहरहरूमा सपिङ मलहरूको कुल संख्या २६३ मा घट्नेछ । यी सहरमा आठ नयाँ मल खोलिए पनि १६ बन्द भएका छन् । बन्द गरिएका अधिकांश मलहरू दिल्ली राष्ट्रिय राजधानी क्षेत्र (एसीआर) मा थिए जहाँ ५३ लाख वर्ग फिट क्षेत्रफलमा फैलिएका पसलहरू बन्द गरिएका थिए जुन २०२२ को तुलनामा ५८ प्रतिशतले बढी थियो ।

मुम्बईमा २१ लाख स्क्वायर फिट र बेंगलुरुमा २० लाख स्क्वायर फिट क्षेत्रफलमा रहेको मल बन्द गरिएको थियो । तर, २०२२ को तुलनामा यी सहरहरूमा बन्द मलहरूको दर क्रमशः ८६ प्रतिशत र ४६ प्रतिशत थियो । हैदरावादमा १९ प्रतिशत कम क्षेत्रमा पसलहरू बन्द भएका छन् । यसको मतलब त्यहाँ बन्द पसलहरूको संख्या घटेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL