Logo

जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र, भारतको दुवै देशलाई चुनौती

जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र, भारतको दुवै देशलाई चुनौती



काठमाडौं । जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनेको छ । बिहीबार सार्वजनिक तथ्यांकमा जर्मनीले जापानलाई उछिनेको हो । गत वर्ष जापानको अर्थतन्त्र १ दशमलव ९ प्रतिशतको दरले बढेको भएपनिे जर्मनीभन्दा पछाडि परेको हो । डलरको हिसाबले जापानको अर्थतन्त्र ४.२ ट्रिलियन डलर छ भने जर्मनीको अर्थतन्त्रको आकार ४.५ ट्रिलियन डलर छ ।

laxmi

डलरको तुलनामा येनको मूल्यमा आएको गिरावटका कारण जापानको स्थिति कमजोर भएको छ । सन् २०२२ मा जापानको मुद्रा डलरको तुलनामा करिब २० प्रतिशतले घटेको थियो भने गत वर्ष सात प्रतिशतले घटेको थियो । विश्वका धेरै केन्द्रीय बैंकहरूले ब्याजदर बढाए पनि बैंक अफ जापानले भने ऋणात्मक ब्याजदर कायम राखेको छ ।

कुनै बेला जापान अमेरिकालाई उछिन्ने अवस्थामा नजिक पुगेको थियो तर, १९९० को दशकमा यसको अर्थतन्त्र ठप्प भयो । सन् २०१० मा चीन जापानलाई उछिनेर विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको थियो र आज यसको आकार जापानभन्दा करिब चार गुणा ठूलो छ । अर्कोतर्फ, जर्मनी युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो तर, अहिले यसले धेरै मोर्चाहरूमा संघर्ष गरिरहेको छ । यसलाई युरोपको रोग पनि भनिन्छ । जनवरीमा, अर्थमन्त्री क्रिस्चियन लिन्डनरले देशलाई भनेका थिए कि ‘जर्मनी बिरामी छैन तर थोरै थकित छ ।’ उनले देश अहिले न्यून बृद्धिको अवस्थाबाट गुज्रिरहेको बताउँदै जुन वेक अप कल जस्तै भएको भनेका थिए ।

भारतको बढ्दो चुनौती

जापान र जर्मनी संघर्ष गरिरहेका बेला भारतको अर्थतन्त्र रकेटको गतिमा बढिरहेको छ । गत वर्ष भारतको अर्थतन्त्र सबैभन्दा तीव्र गतिमा बढेको थियो र आईएमएफका अनुसार आगामी दुई वर्षमा पनि वृद्धि उस्तै हुने अपेक्षा गरिएको छ । भारत अहिले अमेरिका, चीन, जर्मनी र जापानपछि विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो ।

मुद्रास्फीति जर्मनीमा चरम सीमामा छ, ऊर्जा मूल्यहरूले आकाश छोएको छ र वृद्धि रोकिएको छ । जापान र जर्मनीको जनसंख्यामा वृद्धवृद्धाहरूको संख्या बढ्दै गएको छ, प्राकृतिक स्रोतहरू घट्दै गएका छन् र कार निर्यातमा उनीहरूले कडा प्रतिस्पर्धाको सामना गरिरहेका छन् ।

आईएमएफको तथ्यांकअनुसार भारतले सन् २०२६ मा जापान र २०२७ मा जर्मनीलाई उछिन्न सक्छ । तर, जापान र जर्मनीको अवस्थाका कारण भारतले यी देशलाई छिट्टै उछिन्ने अनुमान पनि गरिएको छ । फोब्र्सका अनुसार अमेरिका हाल २७.९७४ ट्रिलियन डलरको साथ विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो । चीन १८.५६६ ट्रिलियन डलरका साथ दोस्रो स्थानमा, ४.७३० ट्रिलियन डलरका साथ तेस्रो स्थानमा जर्मनी र ४.२९१ ट्रिलियन डलरका साथ चौथो स्थानमा जापान रहेको छ । भारत ४.११२ ट्रिलियन डलरको साथ विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL