Logo

सरकारको बजेट १५ खर्व ३० अर्वमा खुम्चियो, राजस्वको लक्ष्य पनि नभेटिने

सरकारको बजेट १५ खर्व ३० अर्वमा खुम्चियो, राजस्वको लक्ष्य पनि नभेटिने




काठमाडौं । सरकारले बजेट खर्चको अनुमान संशोधन गरेको छ । चालु आर्थिक बर्षका लागि भन्दै १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बढीको खर्च गर्ने लक्ष्य लिएको सरकारले बजेटको अर्धबार्षिक समीक्षा गर्दै यसको खर्चको अनुमान २ खर्ब २१ अर्ब रुपैयाँले घटाएको हो ।

laxmi

सोमबार बजेटको अर्धबार्षिक समीक्षा गर्दै अर्थमन्त्री डा‍. प्रकाशशरण महतले बजेट खर्चको संशोधित अनुमान १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ पुर्याईएको बताए । खर्च न्युन हुनुका विभिन्न कारण देखाउँदै उनले खर्च र राजस्व उठौतिको लक्ष्य घटाईएको बताएका हुन् ।

‘हाम्रो लक्ष्य अनुरुप आम्दानी हुने अवस्था नभएपछि र खर्च गर्ने प्रवृत्तिमा सुधारको कोशिस गर्दागर्दै पनि अझै सुधार नभएपछि खर्च र राजस्वको अनुमान संशोधन गरिएको छ,’ उनले भने, ‘ आम्दानीको स्रोत र खर्च लक्ष्य अनुसार पुर्याउन कठिन देखियो ।’
उनका अुनसार चालु आर्थिक बर्षमा बजेटको जम्मा ८७.६८ प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको बताए ।

जसमा चालुतर्फ ८८.८४, पुँजीगत ८४.१३ र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्चको अनुमान गरिएको उनले बताएयस्तै उनले राजस्व लक्ष्य पनि १३ खर्ब ९३ अर्ब रुपैयाँमा झारिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL