Logo

निर्जीवन बीमा कम्पनीले तीन महिनामा आर्जन गरे १० अर्ब बढी बीमाशुल्क, कसको कति ?

निर्जीवन बीमा कम्पनीले तीन महिनामा आर्जन गरे १० अर्ब बढी बीमाशुल्क, कसको कति ?



काठमाडौं । नेपालमा बीमा व्यवसाय गरिरहेका निर्जीवन १४ बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासमा १० अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो ३ महिनामा ६ लाख ८१ हजार बढी बीमालेख जारी गरी १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

laxmi

प्राधिकरणका अनुसार यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरी पहिलो स्थानमा रहन सफल भएकाे छ । कम्पनीले ३ महिनाकाे अवधिमा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको हो ।

यस्तै यसै अवधिमा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीको दोस्रो स्थानमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ, यो कम्पनीले पछिल्लो ३ महिनामा १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

यस अवधिमा शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड १२ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९४ करोड ८३ लाख, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले ८६ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यस्तै यसै अवधिमा नेको इन्स्योरेन्सले ८४ करोड ३ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले ७० करोड १८ लाख, एनएलजी इन्स्योरेन्सले ६७ करोड ५५ लाख संकलन गरेका छन् ।

यस्तै सानिमा जिआइसी इन्स्योरेन्सले ५९ करोड ५४ लाख, प्रभु इन्स्योरेन्सले ५६ करोड ५८ लाख, राष्ट्रिय बीमा कम्पनीले ५५ करोड ४८ लाख, ओरिएण्टल इन्स्योरेन्सले ५२ करोड ५९, नेपाल इन्स्योरेन्स ३७ करोड ५२ लाख र नेशनल इन्स्योरेन्सले ३७ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यता गएको असोज महिनामा मात्रै यी कम्पनीहरुले ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL