Logo

Global_Ime

वाणिज्य बैंकमा एक महिनामा २४ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह १२ अर्बले घट्यो, भेटिएनन् ऋण लिने उद्योगी व्यवसायी

वाणिज्य बैंकमा एक महिनामा २४ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह १२ अर्बले घट्यो, भेटिएनन् ऋण लिने उद्योगी व्यवसायी



काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिने क्रम बढ्दा कर्जा लिने उद्योगी व्यवसायीहरु भेटिन छाडेका छन् । लामो समय क्रेडिट क्रञ्चले गर्दा उद्योगी व्यवसायीले आफ्नो उद्योग व्यवसाय विस्तारका लागि कर्जा नपाएको गुनासो गरिरहँदा अहिले भने कर्जा लिने ग्राहक नै पाउन छाडिएको छ ।

Laxmi_sunrise
Kumari

नेपाल बैंकर्स संघले प्रकाशित गरेको तथ्यांक अनुसार पछिल्लो एक महिनामा वाणिज्य बैंकहरुमा २४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । तर कर्जा प्रबाह भने घटेको छ । तथ्यांक अनुसार नेपालका वाणिज्य बैंकहरुमा गत चैत मसान्तसम्म ४८ खर्ब २८ अर्ब रुपैयाँ रहेको निक्षेप जेठ ५ गतेसम्म आईपुग्दा बढेर ४८ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको हो ।

तर सोही अवधिमा कर्जा प्रवाहमा भने १२ अर्बको संकुचन आएको छ । संघको तथ्यांक अनुसार गएको चैत मसान्तसम्म वाणिज्य बैंकहरुबाट ४३ खर्ब ९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रबाह भएकोमा जेठ ५ गतेसम्म आईपुग्दा घटेर ४२ खर्ब ९७ अर्ब रुपैयाँमा झरेको छ ।

बैंकको उच्च ब्याजदर तथा अहिले देखिएको आर्थिक मन्दीका कारण नयाँ लगानीको माग नभएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले कुनै पनि क्षेत्रमा लगानी गरेर प्रतिफल लिन सकिने अवस्था छैन भने बैंकको ब्याजदर पनि उच्च छ,’ एक व्यवसायीले भने, ‘अहिले थप लगानीको माग होइन यदि आफुसँग पैसा भएको बैंकबाट लिएको कर्जा चुक्ता गरेर बस्नुपर्ने अवस्था आएको छ ।’

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC