Logo

८० बर्षपछि एकै दशकमा २ पटक आर्थिक मन्दी आउने विश्व बैंकको प्रक्षेपण, नेपाललाई कस्तो असर पर्ला ?

८० बर्षपछि एकै दशकमा २ पटक आर्थिक मन्दी आउने विश्व बैंकको प्रक्षेपण, नेपाललाई कस्तो असर पर्ला ?



काठमाडौं । विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदर ओरालो लागेको बताएको छ । हालसालै ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले उकालो लाग्दो मुद्रस्फीति, उच्च ब्याजदर, घट्दो लगानी र रुस युक्रेन युद्धको असरले विश्व अर्थतन्त्रमा १.७ प्रतिशतसम्मको गिरावट आउने अनुमान गरेको हो ।

नाजुक आर्थिक अवस्था र विकासको उल्टो हिँडाईले उच्च मूल्यवृद्धिसँगै ब्याजदर पनि उच्च रुपमा वृद्धि भएको छ । कोरोनाको कहरबाट माथि उठ्दै गरेको अर्थतन्त्रमा पुनः सोही अनुसारको प्रतिकुल अवस्था सिर्जना हुँदा यसले विश्वलाई आर्थिक मन्दीतिर धकेल्ने अनुमान विश्व बैंकले गरेको हो । यदि पुनः विश्व आर्थिक मन्दी निम्तिए ८० बर्षपछि पहिलोपल्ट एकै दशकमा २ पटक विश्वले आर्थिक मन्दी भोग्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

२०२३ को अन्त्यसम्म विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतले र २०२४ मा २.७ प्रतिशतले घट्ने अनुमा पुग्ने प्रक्षेपण गरिएको छ । विकासका कार्यहरु पनि ९५ प्रतिशतबाट खुम्चिएर ७५ प्रतितशमा घट्ने अनुमान गरिएको छ ।

विश्व बैंकका अनुुसार सन २०२३ मा अमेरिकालगायत विकसित अर्थतन्त्रहरुको आर्थिक वृद्धिदर १.७ प्रतिशतले घट्नेछ भने एशिया, अफ्रिकालगायत विकाशसिल अर्थतन्त्रको आर्थिक वृद्धिदर ०.८ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

यता नेपालको आर्थिक वृद्धिदर भने चालू आर्थिक बर्ष ०.९ प्रतिशतले घटेर ४.९ प्रतिशतमा सिमित हुने बताईएको छ । विश्व बैंकले सन २०२२ मा नेपालमा आर्थिक वृद्धिदर ५.१ प्रतिशतको हुने अनुमान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL