Logo

नेपालमा दैनिक ४ अर्ब ४३ करोडको सामान भित्रिँदै, निर्यात ४५ करोडमै सीमित

नेपालमा दैनिक ४ अर्ब ४३ करोडको सामान भित्रिँदै, निर्यात ४५ करोडमै सीमित



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ५ महिनामा नेपालले करिव ६ खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले वैदेशिक व्यापारमार्फत गत साउनदेखि मंसिर मसान्तसम्म ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १८.७७ प्रतिशतले कम हो ।

laxmi

विभागका अनुसार नेपालले गत आवको यहि अवधिमा ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो । गत आवको अन्त्यदेखि सरकारले आयातको व्यापारमा केहि कडाइ गरेकाले चालु आवमा आयातको व्यापारमा पनि गत आवको भन्दा २० प्रतिशतको गिरावट आएको छ । नेपालले चालु आवको पहिलो ५ महिनामा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । चालु आवको ५ महिनामा भित्रिएको आयातको तथ्यांकलाई ५ महिना (१५० दिन)सँग भाग गर्दा नेपालमा दैनिक ४ अर्ब ४३ करोड रुपैयाँको सामान भित्रने गरेको छ ।

यता निर्यातको तथ्यांक पनि चालु आवको पहिलो ५ महिनामा ओरालो लागेको भन्सार विभागले जानकारी दिएको छ । विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा नेपालले गर्ने निर्यात व्यापारमा ३४ प्रतिशतको गिरावट आउँदा निर्यात व्यापार ६७ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ । अर्थात यसलाई पनि ५ महिना (१५० दिन)सँग भाग गर्दा प्रतिदिन नेपालले करिव ४५ करोड अर्थात ४४ करोड ८६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गर्ने गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL