Logo

मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको सेवासुविधा यथावत रहने, यस्तो छ समितिको सर्कुलर

मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको सेवासुविधा यथावत रहने, यस्तो छ समितिको सर्कुलर



काठमाडौं । अब मर्जरमा जाने बीमा कम्पनीहरुका कर्मचारीलाई कुनै किसिमको मर्का नपर्ने भएको छ । अर्थात बीमा समितिले सोमबार एक सर्कुलर जारी गर्दै एकआपसमा गाभिएका बीमा कम्पनीहरुका कर्मचारीहरुको सेवा सुविधाहरु साविककै सरह रहने बताएको हो ।

laxmi

समितिले आफ्नो सर्कुलरमा भनेको छ, ‘गाभ्ने र गाभिने संस्थाका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा उनीहरूको साविकमा रहेको पदअनुसारको तह वा श्रेणीभन्दा कम नहुने गरी पद मिलान गर्नुपर्नेछ ।’

यस्तै समितिले गाभ्ने र गाभिएर बन्ने बीमा कम्पनीका कर्मचारीहरुलाई कुनै मर्का नपर्ने गरी र खाईपाई आएको तलब भत्ता तथा सुविधा नघट्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । मर्जपछि बन्ने कम्पनीका कर्मचारी काम गर्न इच्छुक नभए उपयुक्त सुविधासहितको स्वेच्छिक अवकाशको योजना बनाई लागू गर्न समितिले निर्देशन दिएको छ ।

यस्तो छ समितिको सर्कुलर :

प्रतिक्रिया दिनुहोस्
MBL