Logo

नेपालको ऋण दायित्व बढ्यो, प्रत्येक नेपालीलाई ६३३१० रुपैयाँ ऋणको भार

नेपालको ऋण दायित्व बढ्यो, प्रत्येक नेपालीलाई ६३३१० रुपैयाँ ऋणको भार



काठमाडौं । पछिल्लो समय नेपालले तिर्नुपर्ने ऋणको दायित्व बढेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८।७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालको ऋण दायित्व बढेर १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । उक्त ऋणमध्ये आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । २०७८ असारसम्म नेपालको सार्वजनिक ऋण दायित्व १७ खर्ब ३७ अर्ब ६४ करोड रहेको थियो । तर पछिल्लो ८ महिनामा ८९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन भएको छ ।

laxmi

नेपालको ऋण दायित्व बढेसँगै नेपालीमाथि ऋणको भार समेत थपिएको छ । आर्थिक सर्वेक्षण अनुसार अब प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार ३ सय १० रुपैयाँ ऋण पर्ने छ । २०७८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म अनुदान वापत ९ अर्ब ४६ करोड रुपैयाँ र ऋण वापत १ खर्ब १६ अर्ब ६१ करोड गरी कुल १ खर्ब २६ अर्ब ७ करोड वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त रहेको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म अनुदान र ऋण गरी ४७ अर्ब ९४ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL