GBIME

विश्वकै टाउको दुखाई बनेको प्लाष्टिकको फोहर अब केही घण्टामै हुनेछ नष्ट, वैज्ञानिकले पत्ता लगाए यस्तो इन्जाइम


बिजखबर संवाददाता
17 May, 2022 10:15 am

plastic garbage

काठमाडौं । लामो समयदेखि प्लाष्टिकजन्य फोहोरको विसर्जनका लागि ठोस समाधान भेटिएको छैन् । यद्यपि यस विषयमा विश्वभरका वैज्ञानिकहरू लामो समयदेखि प्रयासरत थिए र धेरै खोजहरू पनि भइरहेका थिए ।

NLIC
LAXMI

यसैक्रममा वैज्ञानिकहरूले एउटा इन्जाइम पत्ता लगाएका छन् जसले प्लास्टिकको फोहोरलाई छिट्टै नष्ट पार्छ। यसले एक घण्टामा प्लाष्टिक नष्ट गर्न सक्छ भन्ने अनुसन्धानले बताएको छ ।

वास्तवमा प्लाष्टिकको खतरा निरन्तर बढ्दै गएको छ र प्रदूषणले पनि हानि पुर्याएको छ । नेचर जर्नलमा प्रकाशित रिपोर्टका अनुसार यो इन्जाइम युनिभर्सिटी अफ टेक्सासको सहयोगमा बनाइएको हो । यसले प्लास्टिकका कम्पोनेन्टहरू चाँडै नष्ट गर्छ । यो इन्जाइम भेरियन्टलाई प्लाष्टिक प्रदूषणले दूषित ठाउँ सफा गर्न पनि प्रयोग गर्न सकिने टोलीले जनाएको छ ।

परीक्षणका क्रममा इन्जाइम प्रयोग गर्दा धेरै किसिमको नतिजा आएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । इन्जाइमले एक हप्तामा पोलिमर पोलिथिलीन टेरेफ्थालेटबाट बनेका उत्पादनहरू नष्ट गर्यो । जबकि केहीलाई नष्ट गर्न भने २४ घण्टा मात्रै लाग्यो । यो नतिजापछि वैज्ञानिकहरु निकै उत्साहित भएका छन् । योभन्दा कम समयमा छिट्टै नतिजा आउन सक्ने गरी यस्तो प्रयास भइरहेको बताइएको छ ।

प्लाष्टिकका बारेमा विज्ञहरूले यसअघि नै यसको विनाश हुन लामो समय लाग्ने भएकाले वातावरणसँगै पशुपंक्षीसमेत प्रभावित हुने गरेको बताउँदै आएका छन् । यति मात्र होइन, विश्वभरका धेरै सरकारले प्लास्टिक प्रतिबन्धका लागि धेरै रणनीति अपनाए तर सफल हुन सकेनन् । यस्तो अवस्थामा वैज्ञानिकहरू अर्को विकल्पमा काम गरिरहेका थिए । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL