Logo

अख्तियारको मुद्दापछि महासंघभित्र उठ्न थाल्यो मुरारकाको राजिनामा माग, ‘नैतिकता भए पदबाट बाहिरिनुपर्छ’

अख्तियारको मुद्दापछि महासंघभित्र उठ्न थाल्यो मुरारकाको राजिनामा माग, ‘नैतिकता भए पदबाट बाहिरिनुपर्छ’



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य पशुपति मुरारकालाई भ्रष्टाचारमुद्दा दायर गरेसँगै महासङ्घ भित्रबाट उनको राजिनामाको माग हुन थालेको छ । विशिष्ट सदस्य मुरारकाले ४९ करोड राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा बुधबारमात्रै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएसँगै महासंघको यस अघिको नजिरको आधारमा तत्काल पदबाट राजिनामा दिनुपर्ने महासंघकै पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिका सदस्य र पदाधिकारीहरुले बताएका छन् ।

laxmi

‘यसअघि महासंघका बहालवाला अध्यक्ष प्रदिपजंग पाण्डेलाई अख्तियारले मुद्दा दायर गर्दा पशुपति मुरारकाकै नेतृत्वमा कार्यसमिति तथा पदाधिकारी बैठकमा कुरा उठाएर नैतिकताको आधारमा राजिनामा दिन बाध्य पारिएको थियो,’ महासंघका एक पूर्व अध्यक्षले भने, ‘अहिले आफैमाथि अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गर्दा मुरारकाले पुरानो नजिर र नैतिकताको आधारमा राजिनामा दिनुपर्छ कि पर्दैन ?’ मुरारकाले आफुमाथि भ्रष्टाचारको मुद्दा दायर भइसकेपछि स्वविवेकले आफैले राजिनामा नदिएमा महासंघका अध्यक्ष शेखर गोल्छाले तत्काल पदाधिकारी बैठक बोलाएर विशिष्ट सदस्यबाट हटाउनुपर्ने समेत ती पूर्व अध्यक्षले बताए ।

मुरारकाद्वारा सञ्चालित सिद्धार्थ मिनरल्स प्रालिले सिमेन्ट खानी सञ्चालन गर्दा ४९ करोड ४५ लाख ५१ हजार रुपैयाँ राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा बुधबार मात्रै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अरुलाई पटक पटक नैतिकताको पाठ पढाउने मुरारकाले अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गर्दा समेत अहिलेसम्म राजिनामा नदिनु लज्जास्पद भएको अर्का पूर्व अध्यक्षले बताए। ‘यदि मुरारकामा अलिकति पनि नैतिकता छ भने उनले अख्तियारले मुद्दा दायर गरेपछि उक्त मुद्दा फैसला नभएसम्म पदबाट बाहिरिनुपर्छ, जुन कुरा हिजोका दिनमा उनले अरुलाई भन्दै आएका थिए,’ ती पूर्व अध्यक्षले भने ।

यसैगरी महासंघकै वर्तमान कार्यसमिति सदस्य तथा पदाधिकारीहरुले पनि मुरारकाले विशिष्ट सदस्यबाट राजिनामा दिनुपर्ने बताएका छन् । ‘सबैलाई लागू हुने महासंघको विधान, नजिर र नैतिकता मुरारकालाई पनि लागू हुनुपर्छ,’ महासंघका एक कार्यसमिति सदस्यले भने, ‘अझ उनी त नैतिकताको विषयमा अरुभन्दा एक कदम अघि बढेर अरुलाई पाठ सिकाउनले व्यक्ति हुन अनि आफैलाई पर्दा चाहिँ पदमा टासिरहनु लाजमर्दो कुरा भएन र ?

प्रतिक्रिया दिनुहोस्
MBL