Logo

क्रिप्टोकरेन्सी बजारमा रुस-युक्रेन तनावको प्रभाव, बिटक्वाइन ६ महिनाको न्यूनस्तरबाट पुनः माथि उक्लियो

क्रिप्टोकरेन्सी बजारमा रुस-युक्रेन तनावको प्रभाव, बिटक्वाइन ६ महिनाको न्यूनस्तरबाट पुनः माथि उक्लियो



काठमाडौं । सोमबार, बिटक्वाइनको मूल्य एक पटक फेरि उकालो लाग्यो र यो ६ महिनाको न्यून स्तरबाट पुनः माथि उक्लियो । यो बिटक्वाइनमा खरिदकर्ताको चासोको पुनरुत्थानको कारण थियो ।

युक्रेन र यस हप्ता फेडरल रिजर्भको बैठकमा रुसी आक्रमणको डरले बिटक्वाइन यस हप्ताको सुरुमा छ महिनाको न्यून मूल्यमा झरेको थियो । बिटकोइनको मूल्य २.५ प्रतिशतले बढेर ३७, २५० डलरमा बन्द भयो । जुन पहिले ३२९५१ डलरसम्म झरेको थियो। यो २३ जुलाई यता बिटक्वाइनको सबैभन्दा कम मूल्य थियो ।

नोभेम्बरमा बिटक्वाइनले ६९,००० डलरको सबैभन्दा उच्च स्तरमा पुगेको थियो। त्यसयता यसको मूल्य ५० प्रतिशतले घटेको छ । द्यष्तअयष्ल अहिले एक महत्वपूर्ण मोडमा छ जहाँ विश्लेषकहरू भन्छन् कि थप बिक्रीले यसको दीर्घकालीन वृद्धिको प्रवृत्तिलाई उल्टाउन सक्छ।

फेडको बैठक सुरु हुँदै

नाटोले भनेको छ कि उसले सेनालाई तयारी अवस्थामा राखेको छ र पूर्वी युरोपलाई थप जहाज र लडाकु विमानहरू दिएर बलियो बनाउँदैछ। रुसले युक्रेनमा बढ्दो तनाव भएको भन्दै निन्दा गरेको छ । फेडरल रिजर्भको दुईदिने नीतिगत बैठक मंगलबारदेखि सुरु हुँदैछ। यसले सिर्जना गरेको त्रासले बिटक्वाइनको मूल्यलाई पनि असर गरेको देखिएको छ ।

क्रिप्टोकरेन्सीहरू अन्य जोखिमपूर्ण सम्पत्तिहरूको साथमा घटेको बेला मानिसहरू जोखिमबाट बच्न प्रयास गरिरहेका छन् । प्राविधिक विश्लेषण फर्म फेयरलिड स्ट्राटेजीकी संस्थापक केटी स्टकटनले यस हप्ता ४ घठ,द्धण्ण् स्तर भन्दा माथि बिटक्वाइनको बन्द सकारात्मक हुने बताउँछिन् । उनले भनेकी छन् –‘तर, यदि यो यो स्तर भन्दा बाहिर जान असफल भयो भने, दीर्घकालीन अपट्रेन्ड उल्टो हुन सक्छ र यो फेरि घट्न सक्छ।

२४ घण्टामा लगभग ४६.५ मिलियन क्रिप्टो खारेज गरियो

क्वाइग्लासको तथ्याङ्कअनुसार , पछिल्लो २४ घण्टामा लगभग ४६.५ मिलियन क्रिप्टो एसेसट खारेज भएका छन् । जसमा बिटक्वाइन ट्रेडहरूको हिस्सा १६.७ करोड डलकरको छ । यसबीचमा ईथर३.५ प्रतिशतको गिरावटका साथ २४५१ डलरमा पुगेको छ । ईथर पहिले २१६० डलरसम्ममा घटेको थियो । यो जुलाई २७ यताकै न्यून स्तर हो । – अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL