Logo

खोपका कारण अर्थतन्त्र पुनर्उत्थानको बाटोमा, २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

खोपका कारण अर्थतन्त्र पुनर्उत्थानको बाटोमा, २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण



काठमाडौं । विश्व बैंकले खोप अभियान र विदेशी पर्यटक, कामदारहरुको आप्रवाहसँगै नेपालको आर्थिक वृद्धि पनि उकालो लाग्ने बाटोमा रहको बताएको छ । सन २०२२ को आर्थिक भविष्यवाणी गर्दै विश्व बैंकले उक्त बर्ष नेपालको आर्थिक वृद्धि दर ३ दशमलव ९ प्रतिशत पुग्ने अनुमान गरेको हो । खोप अभियानमा वृद्धि, विदेशी कामदार र पर्यटकको फ्लो बढेपछि यो सम्भव हुने विश्व बैंकको प्रक्षेपण छ । यस्तै सन २०२१ मा भने भने नेपालको आर्थिक वृद्धि १ दशमलव ८ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

बिश्व बैंकले दक्षिण एशियाली आर्थिक फोकस प्रतिवेदन सार्वजनिक गर्दै चालु बर्षको तुलनामा आगामी बर्ष आर्थिक वृद्धिदर बढेपनि अझै पूर्वमहामारी विकास औषत भने न्युन रहेको बताएको छ ।

दक्षिण एशियाका धेरैजसो देशहरु रिकभरीको बाटोमा लम्किरहेपनि यसको अवस्था भने नाजुकै रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय बढिरहेको विश्व अर्थव्यवस्था सुधार, वस्तुको मागलगायतले यहाँको जनजिवन विस्तारै सामान्य बन्दै गएको देखिन्छ । तर, नेपाली अर्थतन्त्र भने आफ्नो आर्थिक पुनर्उत्थानमा संवेदनशिल देखिएको प्रतिवेदनमा उल्ल्ेख छ । जसका कारण पछिल्लो समय नेपालले आर्थिक पुनर्उत्थानमा फड्को मारिरहेको छ ।

महामारीपछि धेरै देशहरुले संकटका बीच पुनर्उत्थानको पाठ सिकेको र बहन गरेको नेपाल, श्रीलंका र माल्दीभ्सका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फरिस हदाद जर्भसले बताए । उनका अनुसार नेपालले हालै मात्रै ग्रिड रणनीतिको साझेदार भएसँगै हरित विकासको परिकल्पना अंगालेको छ । यसले निजी क्षेत्रलाई विभिनन क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेछ र आर्थिक वृद्धिमा थप टेवा पुग्नेछ ।

विश्व बैंकको प्रतिवेदन अनुसार दक्षिण एशियाली मुलुकहरुमा सन २०२१ र २२ मा विकासशिल परियोजनाहरुको वृद्धि ७ दशमलव १ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । यस्तै, दक्षिण एशियाको बार्षिक वृद्धिदर पनि २०२० देखि २३ सम्ममा औषतमा ३ दशमलव ४ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

अर्थतन्त्रमा ठुलो धक्का पुर्याएको कोरोना महामारीले धेरै देशहरुमा लगानी प्रवाह, आपुर्ति श्रृङ्खलालगायतमा भयावह धक्का पुर्याएको थियो । जसका कारण दक्षिण एशियाका ४ करोड ८० लाखदेखि ५ करोड ९० लाखसम्म दक्षिण एशियाली नागरिकहरु यसबाट गरिबीको रेखामुनी पुगे ।
यसपश्चात धेरै देशहरुले संकटबाट सिक्दै नयाँ तरिकाले अर्थतन्त्र अघि बढाउन सक्ने उपाय निकाल्ने अवसर पनि प्राप्त भएको विश्व बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL