Logo

कोरोनापछिको आर्थिक पुनरुत्थानका लागि विश्व बैंकको १७ अर्ब ७८ करोड सहुलियत ऋण सहयोग, के मा गरिँदैछ खर्च ?

कोरोनापछिको आर्थिक पुनरुत्थानका लागि विश्व बैंकको १७ अर्ब ७८ करोड सहुलियत ऋण सहयोग, के मा गरिँदैछ खर्च ?



काठमाडौं । कोरोना महामारीबाट पभावित अर्थतन्त्र पुनरुत्थानका लागि विश्व बैंकले नेपाललाई १५ करोड डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) सहुलियत ऋण दिने भएको छ । विश्व बैंक र नेपाल सरकारबीच आईतबार नेपालको पुनरुत्थान, जोखिममा रहेकाको सुरक्षा र दिगो आर्थिक विकासका लागि खर्च गर्नेगरी उक्त ऋणबारे हस्ताक्षर भएको हो । उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिर कुमार ढुंगाना र श्रीलंका, माल्दीभ्स र नेपालका लागि विश्व बैंकका देशिय निर्देशक फारिस हदाद जर्भाेसले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थसचिव शिशिर कुमार ढुंगानाले उक्त सम्झौता अन्तर्गत प्राप्त हुने रकम कोभिड–१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई पुर्नजिवन दिन, आर्थिक गतिविधिलाई तिव्रता दिन र हरित वृद्धिलाई सहयोग गर्नेगरी कार्यक्रम सञ्चालन गरिने बताए।

यस्तै हस्ताक्षर कार्यक्रममा माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले उक्त् आयोजनाले कोभिड–१९ को महामारीका बेला र महामारी पछि पनि नेपालमा दीगो वृद्धि हासिल गर्न सहयोग गर्ने बताए।

आयोजनाले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशिल बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालु ठुला आकारका विकास आयोजनालाई गति दिन मद्दत गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL