Logo

कोरोना महामारीका नयाँ भेरियन्टहरु र खोपको राजनीति, खोप भण्डारण गर्दै ठुला देश

कोरोना महामारीका नयाँ भेरियन्टहरु र खोपको राजनीति, खोप भण्डारण गर्दै ठुला देश



काठमाडौं । जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड ५५ लाखभन्दा बढि पुगेको छ । मृत्यु हुनेको संख्या ३४ लाख ३० हजार पुगेको छ । यससँगै कोरोना विरुद्धको खोप लगाउनेको संख्या पनि विश्वभर १५ लाख ६० हजार बढि पुगेको छ । विश्वका धेरै देशहरु हाल कोरोना महामारीको दोस्रो र तेस्रो भेरियन्टका कारण ठुलो संकटमा परेका छन् । जसको सबैभन्दा बलियो उदाहरण छिमेकी राष्ट्र भारत हो । भारतमा हाल २ करोड ६० लाख बढिमा कोरोना संक्रमण हुँदा ३ लाख बढिको मृत्यु भईसकेको छ ।

laxmi

यस्तो बेला विश्वका प्राय देशहरुले आफ्ना नागरिकहरुलाई खोप लगाउने क्रियाकलापलाई भने विशेष प्राथमिकता दिएका छन् । अर्थात खोप लगाउने र खरिद गर्ने होडबाजी पछिल्लो समय बढ्दो छ ।

हाल अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले उत्पादन गरेका कोभिड विरुद्धको खोपको असर ८५ देखि ९० प्रतिशतसम्म पर्ने देखिएको छ । विज्ञहरुले पनि यसबाट छुट्कारा पाउन ठुला धनी देशहरुले साना गरिव मुलुकहरुलाई खोपका लागि सहयोग गर्नुपर्ने बताउँदै आएका छन् । यदि यसो नभए विश्वका ठुला साना देश नै लामो समयसम्म धरापमा परिरहने उनिहरुको भनाई छ ।

यता भारतले भने आफुलाई आवश्यकताभन्दा बढि भएमा मात्रै खोप निर्यात गर्न दिने निर्णय गरिसकेको छ । अर्थात भारतीय खोपको आशा गरेका नेपाललगायत धेरै साना देशहरु यो निर्णयबाट मर्कामा परेका छन् ।

यस्तो अवस्थामा थाईल्याण्डले आगामी सेप्टेम्बरसम्ममा आफ्ना ७० प्रतिशत बढि नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाईसक्ने बताएका छ । यता अमेरिकी सरकारले भने १ महिनासम्मका लागि पुग्ने स्टक राख्नेगरी खोपको भण्डारण गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएको छ । यस्तै भियतनामले आफ्ना नागरिकहरुलाई खोप लगाउन १५ करोड डोजका लागि भन्दै १ अर्ब १० करोड डलर बराबरको प्याकेज घोषणा गरेको छ ।

यता ताईवानले ४ लाख बढि डोज अस्ट्रा जेनेकाको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । यसरी विश्वका हरेक देशहरु हाल कोरोना महामारीको अन्त्यका लागि भन्दै खोप खरिददेखि भण्डारणसम्मका रणनीतिहरु अपनाईरहेका छन् । एजेन्सीहरुबाट

प्रतिक्रिया दिनुहोस्
MBL