Logo

निर्यात प्रवद्र्धनमा विश्व बैंकले देखायो ६ ओटा चुनौती, आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण

निर्यात प्रवद्र्धनमा विश्व बैंकले देखायो ६ ओटा चुनौती, आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण



विश्व बैंकले नेपालको निर्यात प्रवद्र्धनमा विभिन्न ६ ओटो प्रथमिकता तथा चुनौतीहरु औल्याएको छ । नेपालले आफ्नो निर्यात वृद्धि गरी व्यापारघाटा न्यूनिकरण गर्न तिव्र र उत्थानशिल पुनर्लाभका लागि पर्यटन क्षेत्रमा सुधार गर्ने, अधिक वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न प्रक्रियाहरू सरलीकृत र सुव्यवस्थित गर्ने, निर्यात प्रवर्द्घनलाई आधुनिकीकरण र निर्यातकर्ताको क्षमता सुधार गर्ने, व्यापार लागत घटाउने, बोटविरुवाको स्वास्थ्य सम्बन्धी फाइटोसेनिटरी र गुण नियन्त्रणका पूर्वाधारमा लगानी गर्ने, र विश्व मूल्य श्रृंखलामा जोडिएको अधिक अवसरहरूको लागि डिजिटल व्यापार र ई–वाणिज्यलाई बढावा दिनुपर्ने उल्लेख गरेको छ ।

laxmi

विश्व बैंकले नेपालको हरित, उत्थानशिल र समावेशी पुर्नलाभका लागि प्रतिष्पर्धात्मक निर्यात महत्वपूर्ण सम्बन्धी नयाँ प्रतिवेदन सार्वजनिक गर्दैै उक्त कुरा उल्लेख गरेको हो । यसैगरी विश्व बैंकले सामाजिक दुरीको मापदण्ड खुकुलो हुने र अनुकूल मनसुन हुने अपेक्षा सहित आर्थिक वर्ष २०७७÷ २०७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतले हुने अनुमान गरेको छ । करिव ४० वर्षपछि पहिलो पटक आर्थिक वर्ष सन् २०७७ मा संकुचित भएको नेपाली अर्थतन्त्र, निरन्तर खुकुलो गर्दै लगिएको सामाजिक दुरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसंख्यामा खोप लगाउने कार्य शूरु भएसँगै चालू आवमा २.७ प्रतिशतले वृद्घि हुने प्रक्षेपण गरिएको छ । पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा छ । कोभिड–१९ पश्चातको पुनर्लाभलाई तिव्रता दिन र नेपाललाई हरित, उत्थानशिल र समावेशी विकासतर्फ अगाडी बढाउन निर्यात दरिलो क्षेत्र हुनसक्छ, विश्व बैंकको पछिल्लो नेपाल विकास अपडेटको भनाई छ ।

यस प्रतिवेदनका अनुसार कोभिड–१९ पछिको पर्यटन बजारसँग समाञ्जस्य हुनेगरी सुधार नगरेसम्म पर्यटन क्षेत्रको पुर्नउत्थान पूर्ण रुपमा नहुन सक्छ । आयात र विप्रेषणमा सामान्य सुधार हुने र निर्यात यथास्थितीमा रहन सक्ने विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८/२०७९ मा चालु खाता घाटा घट्न गई कूल ग्राहस्थ उत्पादन (जीडीपी) को १.२ प्रतिशत पूग्ने अनुमान गरिएको छ । राजस्व संकलन लक्ष्य अनुसार हुन सक्ने संभावना न्यून भएको र आर्थिक राहतका उपायहरु, खोप कार्यक्रम र आयोजनाहरु पुनःसन्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चहरुले आर्थिक वर्ष २०७८÷२०७९ को वित्तिय घाटा बढाएर सो आर्थिक वर्षको जीडीपीको ७ प्रतिशत नजिक पुर्याउने देखिन्छ ।
सरकारले कोभिड–१९ को प्रभाव र यसका कारण देखापर्न सक्ने जोखिमलाई सम्बोधन गर्ने कार्यक्रमहरू रेखांकित गरिसकेको अवस्थामा नेपाल विकास अपडेटले उत्थानशिल आर्थिक पुनर्लाभका लागि निर्यातको प्रतिष्प्रर्धी क्षमतामा सुधार ल्याउनु महत्वपूर्ण हुने कुरामा जोड दिएको छ ।

‘नेपालको उपयोग गर्न सकिने सम्भावित निर्यात क्षमता ९.२ अर्ब अमेरिकी डलर अर्थात करिब ११ खर्ब नेपाली रूपैँया बराबर अनुमान गरिएको छ, जुन हाल भइरहेको वार्षिक निर्यात व्यापारको १२ गुणा हो,’ विश्व बैंकका वरिष्ठ अर्थशास्त्री तथा अपडेटका प्रमुख लेखक डा केने इजेमेनारीले भने, ‘यो निर्यात क्षमताले उत्पादकत्व वृद्धिकालागि महत्वपुर्ण प्रभावसहित अनुमानित २ लाख २० हजार नयाँ रोजगारी सिर्जना गर्ने अवसरको प्रतिनिधित्व गर्दछ । मध्यकालिन समयावधिमा यो सम्भाव्य क्षमतालाई हासिल गर्ने कुरा असम्भव पनि छैन् ।’

‘मानिसहरूको जीवन, जीविकोपार्जन र व्यवसायमा गम्भीर असर पारेको यस कोभिड–१९ महामारीको विश्वव्यापी प्रभावको बीचमा नेपालको अर्थतन्त्र सुधारको बाटोमा छ,’ कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, ‘आर्थिक सुधारमा बल पु¥याउन निर्यातको सम्भाव्यतालाई बढावा दिन गरिएका सुझावहरु नेपालले अंगीकार गरेको नीति र प्राथमिकता अनुकूल नै छ । हरित, उत्थानशिल र समावेशी विकासको एजेण्डा मार्फत महाव्याधि पश्चातको पुनर्निर्माणलाई थप उत्तम र वातावरणमैत्री बनाउन नेपाल सरकार विकास साझेदार र निजी क्षेत्रसँग मिलेर काम गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL