Logo

फालिएका खाद्यवस्तु कच्चा पेट्रोलियम पदार्थभन्दा पनि उपयोगी, फोहोर खानाबाट बन्छ कस्मेटिक्सका सामानदेखि लुगासम्म

फालिएका खाद्यवस्तु कच्चा पेट्रोलियम पदार्थभन्दा पनि उपयोगी, फोहोर खानाबाट बन्छ कस्मेटिक्सका सामानदेखि लुगासम्म



काठमाडौं । हाम्रो दैनिक जीवनमा उपयाृगका क्रममा धेरै वा थोरै खाधबस्तु हामीले खेर फालिरहेका हुन्छौं । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा उत्पादित खाद्य पदार्थको एक तिहाइ हिस्सा खेर जान्छ ।

laxmi

विश्वकै चुनौति बनेका खेर जाने खाद्य पदार्थको उपयोगका लागि विभिन्न अध्ययन अनुसान्धानहरु पहिलेदेखि नै हुँदै आएका छन् । तर, हालै केही युवा अन्वेषणकर्ताहरुले भने खेर गएका खानेकुराहरुबाट आम्दानी पनि गर्न सकिने नयाँ अन्वेषण गरेका छन् ।

विभिन्न देशका अन्वेषकहरुले गरेको अनुसन्धानबाट खेर गएका खानेकुराहरुबाट लुगादेखि कस्मेटिक्स बनाउनेसम्मका उपायहरु रहेका छन् । सो अअन्वेणका प्रमुख ३ विषयहरु रहेका छन् ।

नराम्रोभित्र राम्रो

तपाईँले कहिल्यै खेर गएको खानेकुराहरु आफ्नो अनुहारमा पोत्ने योजना बनाउनु भएको थियो ? तर स्पेनिस डिजाईनर जुलिया रोका वेराले यसलाई सत्य सावित गरिदिएकी छन् । उनले खेर गएका खानाहरुको प्रयोग गरी क्लिन्जर, मोस्चराईजरलगायत कस्मेटिकका सामाग्रीको श्रृङ्खला नै बनाएकी छन् ।

उनले यस्तो सामग्री उत्पादनका लागि विभिन्न पसलेहरुसँग खेर गएका फलफुलको प्रयोग गरेकी छन् । जसको नाम पनि ‘लिइइइग’ अर्थात नराम्रोभित्र राम्रो राखिएको छ । उनले आफुले उत्पादन गरेको उत्पादनहरु बजारमा ल्याउने प्रक्रिया पनि थालेकी छन् ।

पोलिस्टरको विकल्प

टोरन्टोको एक स्टार्टअप कम्पनी एएलटी टेक्सले विभिन्न खेर गएका खानाहरुमार्फत पोलिल्याक्टिक एसिड (पीएलए) उत्पादन थालेको छ, । जसलाई पोलिस्टरको विकल्पको रुपमा लिईन्छ । फालिएका अर्थात खेर गएका खानाहरुमा पाईने स्टार्च र चिनीलाई पोलिस्टर उत्पादनका लागि काम लाग्ने पीएलएको रुपमा लिईएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले यस्तो पदार्थ पाईने विभिन्न खाद्य पदार्थसँग फाईदा लिनुका साथै विसर्जनमा सहयोगको भुमिकासमेत खेलिरहेको छ ।

प्लास्टिकको विकल्प

टोरन्टोस्थित अर्काे स्टार्टअप कम्पनी जेनेसिसले पनि खेर जाने खाद्यबस्तुलाई प्लास्टिकको विकल्पमा प्रयोग गर्न सकिने गरी काम गरिरहेको छ । कम्पनीले विभिन्न व्याक्टेरियाको प्रयोग गरी खेर गएका खाद्य पदार्थहरुबाट पोलिहाईड्रोक्सिअल्कानोएट अर्थात पीएचए भनिने प्याकेजिङ प्लास्टिकका रुपमा प्रयोग गर्न मिल्ने पोलीमर निर्माण गरिरहेको छ ।

कम्पनीका एक अधिकारीका अनुसार खेर गएका खाद्य पदार्थ कच्चा पेट्रोलियम पदार्थभन्दा फाईदाजनक हुन्छन् । जसबाट विभिन्न प्रविधिको प्रयोग गरी कार्वनलाई हटाउँदा विभिन्न बहुमुल्य वस्तुहरु पनि उत्पादन गर्न सकिन्छ ।- अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित सामग्रीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL