Logo

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा नेपालमा सुनको मूल्यमा ५ सय रुपैयाँको गिरावट आएको हो ।

laxmi

महासंघका अनुसार बिहीबार प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा पुगेको हो ।

यस्तै बिहीबारको तुलनामा आज चाँदीको मूल्यमा पनि २० रुपैयाँका गिरावट आएको छ । बिहीबार प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL