काठमाडौँ । जोमसोम-कोरला सडकखण्डको वारागुङ-मुक्तिक्षेत्र छुसाङ खण्डमा लेदोसहितको पहिरो खसेको छ। पहिरोका कारण आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीले सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन टोली परिचालन गरेको छ।
मुस्ताङ । जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।