Logo

सरकारले खरिद गरेको १० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो, ज्येष्ठ नागरिक प्राथमिकतामा

सरकारले खरिद गरेको १० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो, ज्येष्ठ नागरिक प्राथमिकतामा



काठमाडौं । सरकारले भारतबाट खरिद गरेको १० लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ । खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगको हो ।

laxmi

एयर इन्डियाको विमानमार्फत १ः५९ मा विमानस्थलमा अवतरण भएको हो । नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो।

सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो। जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आएको छ । बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ ।

सरकारले फागुन २३ गतेदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो । दोस्रो चरणको खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर समूहलाई खोप लगाउन लागिएको छ । सरकारले कुल जनसंख्याको ७० प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL