Logo

सिमाको अवरोध हटाउन भारतलाई नेपालको औपचारिक आग्रह, मधेसको मागबारे छलफल गरिदै

सिमाको अवरोध हटाउन भारतलाई नेपालको औपचारिक आग्रह, मधेसको मागबारे छलफल गरिदै


बिजखबर संवाददाता
0
Shares

सरकारले नेपाल–भारतका सीमा नाकामा भइरहेको अवरोध हटाउन औपचारिक आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पारवहन तथा आपूर्ति व्यवस्थामा भएको अवरोध हटाउन भारत सरकारलाई आग्रह गरेको हो ।

अवरोधले औषधि, खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थलगायत अत्यावश्वक वस्तुको आयात निर्यातमा समस्या देखिएको भन्दै सीमा नाकामा देखिएको अवरोध हटाइ दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने काममा योगदान गर्न मन्त्रिपरिषद बैठकले भारत सरकारसँग आग्रह गरेको हो।

त्यस्तै मन्त्रिपरिषद बैठकले तराइमा आन्दोलनरत दललाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

साथै उनीहरुको मागलाई ध्यानमा राखेर वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रयास भइरहेको, आन्दोलनको क्रममा घाइते भएकाहरूको निशुल्क उपचारको व्यवस्था भएको, झुटा ठहरिएका मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ भएको र मृतकका परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने निर्णय भई कार्यान्वयन भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।

यसैबीच मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एमाले पोलिटब्यूरो सदस्य समेत रिमालले राजनीतिक सल्लाहकारमा नियुक्त गरेको छ। बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार निरु पाललाई नियुक्तल गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

यस्तै अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा अर्थ्विद् गोविन्द नेपाललाई नियुक्त गर्ने निर्णय भएको छ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL