Logo

इजी लिंक र जनताबीच रेमिट्यान्स सम्झौता, बैंकका सबै शाखाबाट भुक्तानी लिन सकिने

इजी लिंक र जनताबीच रेमिट्यान्स सम्झौता, बैंकका सबै शाखाबाट भुक्तानी लिन सकिने


बिजखबर संवाददाता
0
Shares

रेमिट्यान्स कम्पनी इजी लिंक र जनता बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा इजी लिंकका प्रबन्धक दिपेन्द्र खनाल र जनता बैंकका चिफ मार्के्टिङ अफिसर बिनय न्यौपानेले हस्ताक्षर गरे ।

सम्झौतापश्चात विभिन्न देशबाट इजी लिंकमार्फत आएको रकम जनता बैंकका देशभरका ३६ शाखाहरुबाट भुक्तानी लिन सकिने छ । सो अवसरमा इजी लिंकका प्रबन्धक खनालले यसप्रकारको सम्झौताले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पु(याउन सहज बनाउने बताए ।

इजी लिंक रेमिट्यान्सले विश्वका विभिन्न मलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको छ ।
इजी लिंकले खाडी तथा अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको प्रबन्धक खनालले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
MBL