Logo

सार्कमा पर्यटक र विवाहका गाडीलाई जोरविजोर लागू नहुने, पुरानो वसपार्कबाट संचालन हुने सवारीसाधन अन्यत्र सारिने

सार्कमा पर्यटक र विवाहका गाडीलाई जोरविजोर लागू नहुने, पुरानो वसपार्कबाट संचालन हुने सवारीसाधन अन्यत्र सारिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता । ७ मंसिर, काठमाडौं । सरकारले सार्क शिखर सम्मेलनमा पर्यटक र विवाहका सवारीसाधनलाई जोरविजोर प्रणाली लागू नगर्ने भएको छ । यसैगरी, दमकल, अस्पतालजस्ता अत्यावश्यक र कुटनीतिक नियोगका सवारीसाधनलाई जोरविजोर प्रणाली लागु नगर्ने उपत्यका ट्राफिक प्रहरी महाशाखाले बताएको छ । ‘सार्क सम्मेलनमा सवारी चापलाई कम गर्न जोरविजोर प्रणाली लागू गरिएपनि अत्यावश्यक सवारीसाधनलाई त्यस्तो प्रणाली लागु गरिने छैन,’ महाशाखाद्वारा जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।

यस्तै,  दुध, पानी, ईन्धन, ग्यास, तरकारी लगाएतका दैनिक उपभोग्य सामाग्री बोकेका सवारी साधनहरुलाई राति १० बजे देखि बिहान ६ बजे सम्म जोरविजोर प्रणाली लागु हुने छैन । तर, दिउसोको समयमा त्यस्ता सवारीसाधनलाई पनि जोरबिजोर प्रणाली लागु हुनेछ ।

मंसिर ८ गते देखि १२ गतेसम्म ५ दिनको लागि गरिएको उक्त जोरविजोर प्रणालीमा ८, १० र १२ गते जोर नम्बर प्लेट भएका सवारी साधनहरु संचालन हनुे छने भने ९ र ११ गते विजोर नम्बर प्लेट भएका सवारी साधन संचालन गर्न पाइने छ ।  जोरविजोर प्रणाली अनुसार नम्बर प्लेटको पछिल्लो अंक सुन्य, २, ४, ६, ८ भएमा जोर र १, ३ , ५, ७, ९ भएमा बिजोर नम्बर मानिने छ । मोटरसाईकल, कार, जीप लगाएत सम्पुर्ण निजी तथा सार्वजनीक भाडाका बस, माईक्रोबस, ट्रक लगाएतका सवारी साधनहरु जोर बिजोरको आधारमा संचालन गर्नुपर्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL