Logo

Global_Ime

नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन आज हुने, प्रधानमन्त्री ओली पुल उद्घाटनका लागि दाङ जादैं

नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन आज हुने, प्रधानमन्त्री ओली पुल उद्घाटनका लागि दाङ जादैं



काठमाडौं । लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन आज सोमबार हुने भएको छ । पक्की पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका हुन् ।

laxmi bank orange saving
NABIL

तत्कालीन प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्री ओलिले उद्घाटन गर्न लागेका हुन् । पुल उद्घाटन कार्यक्रमको सबै तयारी पुरा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

गत बर्ष नै राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्नेगरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको थियो ।

झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङ जान लागेका हुन् । प्रचण्डले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए ।

पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।

पुल नहुँदा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपर्थ्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ ।

पुल उद्घाटन सकेपछि राप्ती गाउँपालिका–२ लालमटीयामा जनसभाको आयोजना गरिएको छ । यो जनसभामा ५० हजार जनता तथा पार्टीका कार्यकर्ता उतार्ने योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc