Logo

सेयर कारोबारमा आजदेखि ‘टी प्लस टु’ लागू, दुई दिनभित्र कारोबार राफसाफ गर्नुपर्ने

सेयर कारोबारमा आजदेखि ‘टी प्लस टु’ लागू, दुई दिनभित्र कारोबार राफसाफ गर्नुपर्ने



काठमाडौं । आजदेखि सेयर कारोबारमा ‘टी प्लस टु’ लागू हुने भएको छ । सीडीएस एन्ड क्लियरिङले माघ ११ गतेदेखि ‘टी प्लस टु’ लागू गर्न निर्देशन दिएसँगै आजदेखि नयाँ व्यवस्था लगाु हुन लागेको हो ।

‘टी प्लस टु’ भएपछि सेयर कारोबारपछिको राफसाफ चक्र कम हुनेछ । अर्थात कारोबार गरेको अर्को दुई दिनभित्र कारोबार राफसाफ गर्नुपर्नेछ ।

यसअघि धितोपत्र कारोबारमा ‘टी प्लस थ्री’ को राफसाफ चक्र कायम थियो । नेपाल धितोपत्र बोर्डले अनुमतिपछि सीडीएस एन्ड क्लियरिङले माघ ११ गते ‘टी प्लस टु’ मा झार्न सरोकारवालालाई निर्देशन दिएको हो । यो प्रणाली लागू भएपछि सेयर खरिदकर्ताले छिटो रकम भुक्तानी गर्नुपर्नेछ भने खरिद गरेको सेयर लगानीकर्ताको खातामा छिट्टै नै आउने छ ।

यसले पूँजीबजारको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने सरोकारवालाहरूको भनाइ छ । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको नीतिमा राफसाफ गर्ने प्रणालीलाई दुई दिनभित्र झार्ने योजना ल्याए अनुसार यो लागू भएको हो । यसले लगानीकर्तालाई लगानीको थप अवसर प्राप्त हुने विश्वास लिइएको छ ।

तर, हालको स्थितिमा शेयर कारोबार राफसाफमा ढिलाइ भइरहेको गुनासो आइरहेको र कतिपय सन्दर्भमा ब्रोकर कम्पनीहरूमाथि समेत कारबाही भइरहेको स्थितिमा ‘टी प्लस टु’ ब्रोकर कम्पनीहरूका निम्ति थप चुनौतीपूर्ण रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL