Logo

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी, अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी, अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी



काठमाडौं । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो भएको आगलागी नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी लागि परेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागीबारे खुल्न नसकेको बताए । आगलागीको कारण खुल्न नसकेको र अहिले आगो नियन्त्रणको प्रयास भइरहेको उनले बताए । अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL