Logo

झन्डै २ वर्षदेखि रिक्त रहेको नेपाल औषधि लिमिटेडको महाप्रबन्धक बने सफिउल्लाह

झन्डै २ वर्षदेखि रिक्त रहेको नेपाल औषधि लिमिटेडको महाप्रबन्धक बने सफिउल्लाह



काठमाडौं । नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा मोहम्मद सफिउल्लाह नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई महाप्रबन्धकमा नियुक्त गरिएको हो ।

laxmi

ड ।रोवस कुसुम सुवेदीले पदबाट राजीनामा दिएपछि झन्डै २ वर्षदेखि रिक्त रहेको पदमा सफिउल्लाहलाई नियुक्त गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिमिटेडको महाप्रबन्धक पदका लागि मागेको आवेदनमा तीन जना छनौट भएका थिए । जसमा अर्जुन अर्याल, मोहम्मद सफिउल्लाह र राजकुमार थापाको नाम सिफारिस गरिएको थियो ।

सोही सिफारिसको आधारमा सफिउल्लाहलाई लिमिटेडको महाप्रबन्धकमा चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL