Logo

१० महिनायता बन्द मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि खुल्ने, यस्तो छ तयारी

१० महिनायता बन्द मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि खुल्ने, यस्तो छ तयारी



काठमाडौं । मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएको छ । कोरोनाभाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द रहेको मुक्तिनाथ मन्दिर यही पुस २१ गतेदेखि खोल्ने बताइएको छ । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङ, मुक्तिनाथ धार्मिक क्षेत्र विकास समिति, स्थानीय झारकोट, खिङ्गा र रानीपौवा गाउँका प्रतिनिधिसहित सम्पन्न बृहत् भेलाबाट मन्दिर खुलाउने निर्णय गरिएको जनाइएको छ । 
 
मुक्तिनाथ मन्दिर खुल्ने भएपछि स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । मन्दिर खुलेसँगै लामो समयदेखि ठप्प मुस्ताङमा आगामी दिनमा पर्यटकीय चहलपहल बढ्ने विश्वास गरिएको छ । 

मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका साथ नेपाली तथा भारतीय दर्शनार्थी प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
MBL