Logo

प्यान नम्बरको प्रक्रियामा कडाइ गरिँदै, तीनपुस्ते विवरणलाई अनिवार्य गरिने

प्यान नम्बरको प्रक्रियामा कडाइ गरिँदै, तीनपुस्ते विवरणलाई अनिवार्य गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
सरकारले राजस्व चुहावट कम गर्न स्थायी लेखा नम्बर (प्यान) लिने प्रणालीमा कडाइ गर्ने भएको छ । सजिलै प्यान नम्बर वितरण गर्दा राजस्व चुहावटको समस्या बढ्न थालेपछि  यसमा कडाइ गर्न लागिएको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माले बताए । ‘अहिले व्यक्तिको नागरिकताको आधारमा मात्र प्यान नम्बर उपलब्ध गराउँदै आएका छौं,’ उनले भने, ‘अब भने प्यान नम्बर लिँदा कुनै पनि व्यक्तिको तीनपुस्ते विवतरण राख्नुपर्ने व्यवस्था गर्ने तयारी भइरहेको छ ।’
हाल तीनपुस्ते विवरण नराखी प्यान नम्बर दिँदा एउटै व्यक्तिले दर्जनौं नम्बर लिएर काम गर्न थालेपछि विभागले यस्तो व्यवस्था गर्न लागेको हो । ‘ सजीलै प्यान नम्बर दिँदा एउटा व्यवसायमा कर छली गरेर अर्को प्यान नम्बर लिएर व्यवसाय गरिरहेका छन्,’ उनले भने, ‘एउटी व्यक्तिले बढी प्यान नम्बर लिएकै कारण कर चुहावट गर्ने क्रम बढेको छ ।’ हाल विभागले प्यान नम्बर लिएका व्यवसायीको तीनपुस्ते राख्ने काम शुरु गर्न थालेको छ । छुट्टै कार्यविधी बनाएरै भएपनि  सवै करदाताको तीनपुस्ते विवरण राखिने विभागले बताएको छ ।
एउटै व्यक्तिले बढी प्यान तथा भ्याट नम्बर लिएकै कारण कुल करदाताको एक तिहाइ हिस्सा भन्दा बढीले कर विवरण बुझाएका छैनन् । विभागका अनुसार प्याननम्बर तर्फ ४० प्रतिशत करदाता ननफाइलर छन् । यस्तै, भ्याट नम्बर तर्फ ३० प्रतिशत ननफाइलर रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL