Logo

स्वास्थ्य मन्त्री हुँदा भ्रष्टाचारको आरोप लागेका नवनियुक्त पर्यटनमन्त्री ढकालले भने- इमानलाई बन्धक राखेर पैसा आर्जन गर्नु छैन

स्वास्थ्य मन्त्री हुँदा भ्रष्टाचारको आरोप लागेका नवनियुक्त पर्यटनमन्त्री ढकालले भने- इमानलाई बन्धक राखेर पैसा आर्जन गर्नु छैन



काठमाडौं ।  नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताएका छन् ।

laxmi

आइतबार मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि कर्मचारीहरूसँग कुरा गर्दै मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताएका हुन् ।

आफूले सकेसम्म सेवामा समर्पित गर्दै सुनाम कमाउने मात्रै उद्देश्य राखेको मन्त्री ढकालले बताए । उनले भने,  ‘स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो राजनीतिक उद्देश्य होइन । जति सक्छु म सेवामा समर्पित हुन्छु । जति कमाउनु छ मलाई सुनाम कमाउनु मात्रै छ ।’

राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछु भन्दा पनि राज्यलाई समृद्ध बनाउन तर्फ सबैले सोच्नुपर्ने पनि मन्त्री ढकालले बताए । उनले भने, ‘राज्य दोहन गरेर राज्यबाट मैले के पाउँछु भन्ने कुराभन्दा पनि राज्यलाई समृद्ध बनाउने कुरामा मेरो योगदान के हुन सक्छ र त्यो संस्थाको उपयोगिता कसरी हुन्छ भन्ने कुरामा अलि बृहत भएर सोचौं ।’

पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँ रहेको तर त्यस भित्रका बदानमीहरुले राम्रो नगरेको पनि मन्त्री ढकालले बताए । तारागाउँ समितिको पनि आफ्नै महत्त्व भएको तर त्यस भित्रको कथा बेग्लै भएकाले त्यसलाई सुधार गर्न आफूले अध्ययन थाल्ने पनि मन्त्री ढकालले बताए ।

मन्त्री ढकालले कर्मचारीलाई काम गर्न सहज वातावरण निमार्ण गर्ने कुरामा आफूले सधैँ ध्यान दिने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा ढकालमाथि कोरोनाको औषधि तथा उपकरण खरिदमा ठूलो भ्रष्टाचारको आरोपा लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL