Logo

नेपाललाई सहयोग गर्न चीन तयार, चीनले भन्यो नेपालले मागे तेल दिन्छौ

नेपाललाई सहयोग गर्न चीन तयार, चीनले भन्यो नेपालले मागे तेल दिन्छौ


बिजखबर संवाददाता
0
Shares

भारतीय नाकाबन्दीले गर्दा इन्धनको अभाव वेहोरिरहेका नेपालीलार्य चीनले सहयोगको हात अगाडी बढाउने संकेत देखाएको छ । चीन भने नेपालले अनुरोध गरेको खण्डमा तेल आपूर्ति गर्न तयार रहेको संकेत गरेको छ ।

नेपालमा तेल आपूर्ति गर्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नेपालको अनुरोध बमोजिम सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नोत्तनर कार्यक्रममा उनले यस्तो बताएकी थिइन् । के चिनिया पक्षले नेपाललाई इन्धन आपूर्ति गर्न सक्छ भन्ने प्रश्न गरिएको थियो ।

जवाफमा चिनिया विदेश मन्त्रालयकी प्रवक्ताले नेपालको अनुरोधलाई हेरेर सहयोग गर्न अधिकतम प्रयत्न गर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL