Logo

दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायीहरु सडकमा, तत्काल व्यवसाय सञ्चालन गर्न दिन माग

दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायीहरु सडकमा, तत्काल व्यवसाय सञ्चालन गर्न दिन माग



काठमाडौं । दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले तत्काल दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउनुपर्ने माग गर्दै काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतीघरमा सहभागीहरुले यो क्षेत्र खुलाउनको लागि सरकारले कुनै चासो नदेखाएको भन्दै प्रदर्शन गरेका हुन् । यसअघि पटक पटक आफूहरुको व्यवसाय सञ्चालनको लागि सरकार तथा सम्बन्धित सबैलाई आग्रह गर्दापनि कुनै सुनुवाई नभएको भन्दै सडकमा आउनुपरेको उनीहरुले बताएका छन् ।

कोभिड–१९ ले नेपालको अर्थतन्त्र अस्तव्यस्त भएको र यसमा सबैभन्दा ठूलो मारमा दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय पनि परेको समितिको गुनासो छ । उनीहरुले सवै क्षेत्र खुल्ला भइसकेको र अब दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । दोहारी तथा रात्रिकालीन व्यवसाय तत्काल खुलाउनुपर्नेमा भन्दै समयमा नै आफुहरुको माग नसुने अर्को चरणको आन्दोलन गर्ने चेतावनी पनि समितिले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL