Logo

सेयर बजारमा भैरहेको कारोबारको अनुसन्धान गर्न बोर्डले नेप्सेलाई काट्यो पत्र, यस्तो छ निर्देशन

सेयर बजारमा भैरहेको कारोबारको अनुसन्धान गर्न बोर्डले नेप्सेलाई काट्यो पत्र, यस्तो छ निर्देशन



काठमाडौं । सेयर बजारमा अस्वभाविक रुपमा कारोबार रकम बढेपछि धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेञ्च (नेप्से)लाई पात्र काटेको छ । सेयर बजारमा स्रोत खुलेको भन्दा पनि स्रोत नखुलेको (कालोधन)को प्रवेश पाएको सूचना पाएपछि बोर्डले सोको छानविन गर्न नेप्सेलाई पत्र काटेको हो ।

बजारमा केकति कारणले कारोबार रकम बढेको हो सो विषयमा छानविन गर्न बोर्डबाट भर्खरै पत्र आएको र सो विषयमा अब छानविन गरिने नेप्से स्रोतले जानकारी दिएको छ । ‘विशेषगरी बोर्डले अहिले बजारमा भैरहेको कारोबारको लगानीको स्रोत के हो ?, लगानीकर्ताले कर तिरेको रकमबाट सेयर बजारमा लगानी गरिहेका छन् वा अबैध लगानी भित्र्याएका छन् सो विषयमा स्पष्ट रुपमा छानविन गर्न बोर्डबाट हामीलाई पत्र प्राप्त भएको छ,’ नेप्से स्रोतले भन्यो, ‘अब नेप्सेले यस विषयमा सुक्ष्म रुपमा अध्ययन गर्नेछ ।’

सामान्यतया बजारमा कुनै पनि कम्पनीको सेयर मूल्यमा लगाता ३÷४ पटकसम्म सकारात्मक वा नकारात्मक सर्किट हानेपछि निमायमक निकायले सोको कारण खोज्नु पर्छ । तर नियामक निकाय धितोपत्र बोर्डले कतिपय साना कम्पनीको सेयरमा मूल्य बढेर लगातार सर्किट हान्दा पनि चासो नदेखाएपछि लगानीकर्ताहरु आक्रोसित भएका थिए । तर पछिल्लो समय बजारमा अस्वभाविक रुपमा लगानी भित्रिएको र सोही अनुरुप बजारमा समित कम्पनीको मात्रै सेयर मूल्य बढेपछि सो विषयमा अनुसन्धान गर्न पत्र काटेको नेप्से स्रोतले जानकारी दिएको छ ।

सेयर कर्नरिङको मारमा फसेको सेयर बजारमा स्रोत नखुलेको रकमको प्रवेश हुन थालेको गोप्य सूचना पाएपछि बोर्डले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । साथै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले पनि कानून विपरित सेयर बजारमा आफ्नो लगानी बढाएको र सोही अनुरुप अन्य क्षेत्रमा प्रबाह भएका कर्जा समेत सेयर बजारमा लगानी हुन थालेपछि अनुसन्धान थालिएको हो ।

नेप्से परिसुचक बढेर २१ सय विन्दू नजिक पुग्न लाग्दा पनि थोरै पूँजी भएका माईक्रोफाइनान्स, इस्योरेन्स, शिवम सिमेन्ट, विशाल बजारजस्ता कम्पनीको मात्रै सेयर मूल्य बढेको तर प्रतिफल घोषणा गरेका बैंकिङ् समुहका कम्पनीको सेयर मूल्य नबढेपछि बोर्डले सेयर बजारमा कर्नरिङ भएको ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL