Logo

आज थप १४७४ जनामा कोरोना संक्रमण पुष्टि, १९३१ जना डिस्चार्ज

आज थप १४७४ जनामा कोरोना संक्रमण पुष्टि, १९३१ जना डिस्चार्ज



काठमाडौं । सोमबार नेपालमा थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो। आज ८ हजार ८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

यस्तै आज संक्रमणबाट थप २९ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। अहिलेसम्म संक्रमणबाट १ हजार ५ सय ८ जनाले ज्यान गुमाएका छन्। साथै, १ हजार ९ सय ३१ जना निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा २ लाख ३३ हजार ४ सय ५२ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख १४ हजार ५ सय २१ जनालाई निको भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL