Logo

कोरोना महामारी : विश्वभर मृत्यु हुनेको संख्या १४ लाख नाघ्‍यो, संक्रमितको संख्या ५ करोड ९५ लाख नजिक (अपडेट)

कोरोना महामारी : विश्वभर मृत्यु हुनेको संख्या १४ लाख नाघ्‍यो, संक्रमितको संख्या ५ करोड ९५ लाख नजिक (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ५ करोड ९४ लाख नाघेको छ भने १४ लाखभन्दा बढीको मृत्यु भएको छ ।

laxmi

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ९४ लाख ९५ हजार ५७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १४ लाख १ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४ करोड ११ लाख ३९ हजार २१८ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ६३ हजार ६३९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड २७ लाख ७० हजार ८४८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ६५ हजार ७७७ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ९२२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४७८ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ३२९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९१ लाख ७७ हजार ६४१ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६० लाख ८८ हजार ४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३४४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ५४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL