Logo

सोमबार थप १९८० जनामा कोरोना संक्रमण पुष्टि : ३०४३ जना डिस्चार्ज,१६ जनाको मृत्यु

सोमबार थप १९८० जनामा कोरोना संक्रमण पुष्टि : ३०४३ जना डिस्चार्ज,१६ जनाको मृत्यु



काठमाडौं । नेपालमा सोमबार थप १९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ भने अहिलेसम्म २ लाख २ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३३७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारमात्रै ३०४३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL