Logo

प्रधानमन्त्रीमा ओली र कोइराला भिड्दै, सम्भावना ओलीको

प्रधानमन्त्रीमा ओली र कोइराला भिड्दै, सम्भावना ओलीको


बिजखबर संवाददाता
0
Shares

नेपाली कांग्रेसले पुनः पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई नै नयाँ प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ ।

शिर्ष नेताहरुको शनिबार विहान बालुवाटारमा भएको छलफलमा पुनः प्रधानमन्त्रीमा संसदीय दलका नेता कोईरालालाई नै दोहोराउने सहमति भएको छ ।
यससँगै प्रधानमन्त्रीका लागि कोईराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विच प्रतिस्पर्धा हुने भएको छ । ब्यवस्थापिका संसदको शुक्रबारको बैठकले बहुमतिय आधारमा प्रधानमन्त्री छनौट गर्न २४ गते आइतबार विहान ११ बजे निर्वाचनको म्याद तोकेको छ । शनिबार अपरान्ह ४ बजेसम्ममा प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्नु पर्ने संसद सचिवालयले बताएको छ ।

एमाओवादीले सशर्त ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने जनाएको छ । त्यस्तै अन्य साना केहि दलहरुले पनि ओलीलाई समर्थन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL