Logo

सुदूरपश्चिम प्रदेशमा इन्धन भण्डारण डिपो निर्माण गर्न ३० बिगाहा जमिन जुटाउँदै निगम, मन्त्री भट्टद्धारा जग्गा निरीक्षण

सुदूरपश्चिम प्रदेशमा इन्धन भण्डारण डिपो निर्माण गर्न ३० बिगाहा जमिन जुटाउँदै निगम, मन्त्री भट्टद्धारा जग्गा निरीक्षण



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको टोलीले आइतबार शिवशक्ति सामुदायिक वन क्षेत्रमा स्थगलगत निरीक्षण सम्पन्न गरेको छ ।

laxmi

डिपो निर्माण तथा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बिस्तारका लागि कैलालीको गोदावरी नगरपालिका–८ मा पर्ने स्याउनेस्थित शिवशक्ति महिला सामुदायकि वनको मातहतमा करिब ३० बिगाहा जमिन प्राप्त गर्न स्थगलगत अवलोकन गरिएको निगमले जनाएको छ ।

निरीक्षण टोलीमा मन्त्री भट्टसँगै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, नगिमका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख चितरञ्जन दास, स्थानीय जनप्रतिनिधिहरु, सामुदायकि वनका अध्यक्ष हिरा शाही र निगमका अन्य कर्मचारीहरु सहभागी थिए ।

स्थलगत निरीक्षणसँगै जग्गा प्राप्तिकोलागि आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका प्रदेश प्रमुख दासले जानकारी दिए । आफ्नो नीति तथा कार्यक्रममा यस प्रदेशमा कम्तिमा ९० दिनको लागि इन्धन भण्डार क्षमता वृद्धि गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL