Logo

प्रधानमन्त्री ताप्लेजुङ र इलाम भ्रमणमा, उद्घाटन र सीमा निरीक्षणको कार्यक्रम

प्रधानमन्त्री ताप्लेजुङ र इलाम भ्रमणमा, उद्घाटन र सीमा निरीक्षणको कार्यक्रम



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङ र इलाम भ्रमणमा जाने भएका छन् । सोमबारे प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम जाने कार्यक्रम तय भएको हो ।

laxmi

ओलीको इलाममा सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको छ । यस्तै ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्ने साथै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणको कार्यक्रम पनि रहेको छ ।

यसअघि यही मङ्सिर ५ गते प्रधानमन्त्री ताप्लेजुङ आउने कार्यक्रम स्थगन भएको थियो । कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभा भ्रमण गरेका थिए ।

त्यहाँ पनि बीओपीको निरीक्षण गरेका थिए । प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई पनि ताप्लेजुङ र इलाम भ्रमणमा जानेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL