Logo

कोरोना खोपमा सहज पहुँचका लागि एडीबीको सहयोग, विकासशील देशलाई २.०३ करोड डलर

कोरोना खोपमा सहज पहुँचका लागि एडीबीको सहयोग, विकासशील देशलाई २.०३ करोड डलर



काठमाडौं ।  एसियाली विकास बैंक (एडीबी) ले आफ्ना विकासशील सदस्य मुलुकहरुलाई कोरोना भाइरसको भ्याक्सिनमा सहज पहुँच कायम गर्न र वितरण प्रणाली प्रभावकारी बनाउन २.०३ करोड डलर सहयोग गरेको छ। 

laxmi

एडीबीले सदस्य राष्ट्रका सबैलाई भ्याक्सिन वितरण प्रभावकारी रुपमा होस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको जनाएको छ। 

विकासशील मुलुकहरुका लागि यो रकम खोप सम्बन्धी स्वास्थ्य प्रणालीको मूल्यांकन गर्दै सुरक्षित रुपमा सर्वसाधारणसमक्ष खोपको पहुँच पुर्‍यउन खर्च गरिने एडीबीले जनाएको छ। 

यस्तै रकम खोप चिस्यानमा राख्न, संक्रमण नियन्त्रण गर्न, स्वास्थ्यकर्मीको नियुक्ति र क्षमता अभिवृद्धि गर्न तथा अनुगमन र मूल्यांकनमा खर्च गरिनेछ।

एडीबीका दिगो विकास र मौसम परिवर्तन सम्बन्धी विभागका महानिर्देशक बुचाङ उमले भने, कोरोना भाइरसको व्यापक प्रसार रोक्न एसिया प्रशान्त क्षेत्रले राम्रो काम गरिरहेको छ। अब यसविरुद्धको खोप सुरक्षित, प्रभावकारी र न्यायसंगत रुपमा पुर्‍याउनु महामारीविरुद्धको अर्को संघर्ष हो।

प्रतिक्रिया दिनुहोस्
MBL