सरकारको कुल खर्चमा वृद्धि भएपनि पुँजीगत खर्च भने घट्यो, ३ महिनामा १५ अर्ब मात्र पुँजीगत खर्च


बिजखबर संवाददाता
17 November, 2020 12:26 pm

काठमाडौं । सरकारको कुल खर्च बढेपनि पुँजीगत खर्च भने घटेको छ । पुँजीगत खर्च अन्तरगत गत आवको समिक्षा अवधीमा १८ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको थियो ।

FoneLoan-250x250
Yamaha_250X250

चालु आर्थिक बर्षको पहिलो ३ महिना अर्थात् साउनदेखि असोजसम्म चालु आवमा त्यो भन्दा पनि कम अर्थात् १५ अर्ब ५ करोड रुपैयाँ मात्र खर्च भएको छ । त्यो अनुसार पुँजीगत खर्च १८.१ प्रतिशतले घटेको देखिन्छ ।

बिशेषगरि कोभिड १९ संक्रमणको जोखिमका कारण विकास निर्माणका कार्यहरु निरन्तर सञ्चालन हुन नसक्दा पुँजीगत खर्चमा सुधार नआएको अर्थमन्त्रालयको भनाइ छ ।

संघीय सरकारको कुल खर्च १३ प्रतिशतले बढेको छ । अर्थमन्त्रालयले हालै सार्वजनिक गरेको पहिलो त्रैमासिक तथ्यांकले यस्तो देखाएको हो । गत आवको पहिलो त्रैमासमा संघीय सरकारले रु १ खर्ब ७८ अर्ब १ करोड खर्च गरेको थियो । चालु आवमा त्यो भन्दा बढी अर्थात् २ खर्ब १ अर्ब ८ करोड खर्च भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार सरकारको चालु र वित्तिय व्यवस्था खर्च नै बढेको देखिन्छ । चालु खर्च १६.५ र वित्तिय व्यवस्था खर्च १८.४ प्रतिशतले बढेको छ ।
गत आवको समिक्षा अवधीमा १ खर्ब ७४ अर्ब ७६ करोड रहेको चालु खर्च अहिले १ खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यस्तै, गत आवमा २ अर्ब ८८ करोड रुपैयाँ रहेको वित्तिय व्यवस्था खर्च ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्