Logo

एक नम्बर प्रदेशमा चन्द्र ढकाल प्यानललाई समर्थनसहित अग्रिम बधाई, भन्छन्-ढकाल नेतृत्वको टीमले मात्रै हाम्रा समस्या समाधान गर्न सक्नेछ

एक नम्बर प्रदेशमा चन्द्र ढकाल प्यानललाई समर्थनसहित अग्रिम बधाई, भन्छन्-ढकाल नेतृत्वको टीमले मात्रै हाम्रा समस्या समाधान गर्न सक्नेछ



काठमाडौं । प्रदेश नम्बर १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि चन्द्रप्रसाद ढकालको टीमले मात्र गर्न सक्ने बताएका छन् ।

laxmi

देशव्यापी चुनावी दौरानमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारी तथा केन्द्रिय सदस्य पदका उम्मेदवारहरुलाई स्वागत गर्दै १ नम्बर प्रदेशका १७ भन्दा बढी जिल्ला नगर अध्यक्षहरुले उक्त कुरा बताएका हुन् ।

सो कार्यक्रममा उपस्थित नभएपनि मोरङ उद्योग संगठनका अध्यक्ष भिमप्रसाद घिमिरेले ढकाल प्यानललाई विराटनगर विमानस्थलमा स्वागत गर्दै आसन्न निर्वाचनका लागि अग्रीम बधाई तथा शुभकामना दिएका थिए ।

‘अहिलेको अवस्थामा ढकाल नेतृत्वको टीमले मात्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधान गर्न सक्नेछ,’ जिल्ला दौडाहामा रहेको ढकाल प्यानललाई स्वागत तथा जीतको अग्रीम बधाई दिँदै उस्थित सबै जिल्ला नगरका अध्यक्षहरुले भने, ‘ढकाल प्यानलसँग हाम्रो मन र एजेण्डा मिलेकाले समर्थन र सहयोग गरेका छौं तसर्थ उक्त टीमलाई जिताउन हृदयदेखि नै सबैसँग आग्रह गरेका छौं ।’

यस अघि महासंघका धेरै अध्यक्षहरु भएपनि उनीहरुले आफ्नो कार्यकाल विताएर रिटायर्ड भएर जिल्ला नगरका उद्योगी व्यवसायीका समस्यालाई वास्ता नगरेको र हालसम्म पूर्व अध्यक्ष चण्डीराज ढकालले मात्रै समस्या समाधानका लागि खटेको भन्दै उनले नेतृत्व गरेको टीमलाई आफुहरुले जिताउने जिल्ला नगरको अध्यक्षहरुलले प्रतिवद्धता जाहेर गरेका थिए ।

साथै यसअघिका अध्यक्षहरुले उद्योगी व्यवसायीका समस्या पर्दा फोन समेत नउठाएको गुनासो गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले सहज रुपमा भेट दिँदै जिल्ला नगरका उद्योगी व्यवसायीको समस्या समाधान गर्दैै आएकाले आफुहरुमाथि ढकाल प्यानललाई जिताउनु पर्ने दायित्व रहेको बताएका थिए । कार्यक्रममा जिल्ला नगरका अध्यक्षहरुले देशको आर्थिक विकास तथा स्वदेशी लगानीलाई प्रवद्र्धन गर्दै विदेशी लगानी भित्र्याउनका लागि पनि ढकाल नेतृत्वको टीम आवश्यक रहको बताएका थिए ।

यसैगरी यस अघिका नेतृत्वबाट जिल्ला नगरका उद्योगी व्यवसायीका समस्यालाई वेवास्ता गरेको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानलबाट आफ्ना समस्या समाधान हुने आशा पलाएको भन्दै उक्त टीमलाई आगामी निर्वाचनमा जसरी पनि जिताउनुपर्ने उनीहरुको भनाई रहेको थियो । कार्यक्रममा ढकाल प्यानलाई स्वागत गर्दै प्रदेश १ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र रावतले अहिलेको अवस्थामा व्यवसायीक हकहितका लागि ढकाल प्यानलको विकल्प नरहेको बताए । ‘अहिलेको अवस्थामा महासंघको साख खस्किएको छ,’ उनले भने, ‘हामी व्यवसायीको साख उचो बनाउनका लागि पनि सानादेखि ठूलो व्यवसायसम्म सफलरुपमा संचानल गरेर सरकार र दातृ निकायमा समेत राम्रो सम्बन्ध रहेको ढकाल प्यानललाई जिताउनु पर्नेछ ।’

कार्यक्रममा महासंघका केन्द्रिय सदस्य अविनाश बोहोराले महासंघमा शुद्धिकरण र शदृढिकरण नभई कुशल नेतृत्वको आवश्यकता परेको भन्दै जसका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको टीम आवश्यक रहेको बताए । साथै अहिलेको महासंघ नेतृत्वले सरकारसँग लविङ गरेर कोभिडका कारण व्यवसायीलाई परेका समस्या समाधान गर्न नसकेको भन्दै त्यसका लागि पनि यस पटक ढकाल प्यानललाई नेतृत्वमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा प्रदेश नम्बर १ बाट खोटाङका अध्यक्ष विपिन राई, धनकुटाका अध्यक्ष बिजय सन्तोषी राई, उदयपुरका अध्यक्ष पुष्कर खड्का, भोजपुरका अध्यक्ष धुब्रलाल श्रेष्ठ, सुनसरीका अध्यक्ष गिरधारी सापकोटा, इटहरीका अध्यक्ष भीमप्रसाद पौडेल, दकमका अध्यक्ष गोकुल श्रेष्ठ, झापाका अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष राजु पनेरु, ताप्लेजुङका अध्यक्ष ताराप्रसाद घिमिरे, इलामका अध्यक्ष इश्वर चिपालु, उर्लाबारीका अध्यक्ष प्रितम खड्की, मेचीका अध्यक्ष ऋषी तिमिल्सिना, विर्तामोडका अध्यक्ष कुमार पोखरेलले कार्यक्रममा उपस्थित भएर आफुहरुको पूर्ण समर्थन रहेको भन्दै जीतको अग्रीम शुभकामना दिएका थिए भने मोरङ उद्योग संगठनका अध्यक्ष भीमप्रसाद घिमिरे विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला नगरफर्तका उम्मेदवार गुणनिधी तिवारीले ढकाल नेतृत्वको आफ्नो प्यानल बिजयी भएसँगै जिल्ला नगरका समस्या समाधानका लागि महासंघमा जिल्ला नगरको छुट्टै परिषद् गठन गरेर तत्काल समस्या सम्बोधन गरिने बताए । ‘हामी जिल्ला नगरका उद्योगी व्यवसायीका लागि महासंघको विधानले ५० प्रतिशत हिस्सा दिएको छ तर त्यहि अनुरुप प्रतिनिधित्व हुन सकिरहेको छैन भने अधिकार पनि पाएका छैनौ,’ उनले भने, ‘यदि अहिले पनि हामीले जिल्ला नगरलाई समेटेको ढकाल प्यानलको समावेशी टीमलाई जिताउनबाट चुक्यौ भने हाम्रा समस्या कहिले पनि समाधान हुने छैन ।’ साथै यस अघि आफुहरुले आफ्ना समस्या नबुझेका व्यक्तिलाई जिताएर पठाएकाले फोन नउठाउने, समस्या पर्दा दायित्वबाट पन्छिने गरेको जानकारी दिँदै आबका दिनमा व्यवसायीका वास्तविक नेतृत्वलाई जिताउन आग्रह गरेका छन् ।

कार्यक्रममा आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी ६ वर्षका लागि भएको भन्दै अहिलेको अवस्थामा सहित व्यक्ति छनौट गर्न नसकेमा जिल्ला नगरका समस्या मात्रै नभई समग्र निजी क्षेत्रका लागि चुनौती थपिने बताए । अहिले चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफु र आफ्नो टीमप्रति ठूलो साथ र समर्थन देखाउनु भएको बताउँदै आफु नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने बताए । ‘अहिले सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले महासंघको साख खस्कियो, सरकारी निकायमा प्रतिनिधित्व भएन भन्ने गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL