Logo

सहकारी संस्थाहरुले पुष मसान्तभित्र साधारण सभा सम्पन्न गर्नुपर्ने, काठमाडौं महानगरपालिकाले गर्यो यस्तो अनुरोध

सहकारी संस्थाहरुले पुष मसान्तभित्र साधारण सभा सम्पन्न गर्नुपर्ने, काठमाडौं महानगरपालिकाले गर्यो यस्तो अनुरोध



काठमाडौं । काठमाडौं महानगरको सहकारी विभागले आउँदो पुष मसान्तभित्र साधारण सभा सम्पन्न गरी त्यसको १५ दिनभित्र महानगरमा प्रतिवेदन पठाउन सहकारीहरुलाई आग्रह गरेको छ । काठमाडौं महानगरलाई कार्य क्षेत्र भएका सहकारीहरुलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै साधारण सभा सम्पन्न गर्न सार्वजनिक सूचनामार्फत् आग्रह गरेको हो ।

laxmi

सहकारीहरुले साधारण सभा (कार्यव्यवस्था निर्देशिका २०७६) बमोजिम गणपृुरक संख्या पुर्याएर मात्र साधारण सभा गर्नुपर्नेछ । यसका आधारभूत आधारका बारेमा जानकारी दिँदै सहञ्चालक समिति र लेखा समितिका प्रतिवेदनहरुमा पर्याप्त छलफल गराउनु पर्छ । यसैगरी यस्ता समितिहरुको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानुन, मापदण्ड र विनियम बमोजिम योग्यता पुगेको सदस्यहरुकाबीच निर्वाचन गराउनुपर्छ ।’

‘सहकारीका सदस्यहरुको भूमिकालाई साधारण सभामा सक्रिय बनाउन र बित्तिय अनुशासनलाई मर्यादित बनाउन हामीले  साधारण सभाका लागि आग्रह गरेका हाैँ’, विभागका उपनिर्देशक सुमन अधिकारी भन्छन्- ‘हामीले साधारण सभामा पालना गर्नुपर्ने र प्रतिवेदनमा उल्लेख गर्नुपर्ने आधारभूत कुरालाई बुँदा र तालिकामा दिएका छाैँ । यसले सूचना संकलनमा एकरुपता कायम हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL