Logo

‘रिवयुल्ड नेपाल’ मेड इन पाकिस्तान मेला शुरु, व्यापार प्रवद्र्धन मुख्य उद्देश्य

‘रिवयुल्ड नेपाल’ मेड इन पाकिस्तान मेला शुरु, व्यापार प्रवद्र्धन मुख्य उद्देश्य


बिजखबर संवाददाता
0
Shares

‘रिवयूल्ड नेपाल’ नाराका साथ मेड इन पाकिस्तान मेला मंगलवारदेखि शुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सुरु भएको मेलाको नेपाल पाकिस्तान फ्रेन्डसिप सोसाइटिका अध्यक्ष हिमालय समशेर राणा र नेपालका लागि पाकिस्तानी राजदुत अर्सद साउद खोसाले उद्घाटन गरे ।

सो अवसरमा नेपालको पहिलो गर्भनर तथा नेपाल पाकिस्तान फ्रेन्डसिप सोसाइटिका अध्यक्ष हिमालयन समशेर राणाले पाकिस्तानमा सामान निर्यात वा आयात गर्न झण्झटिलो भएको बताए । ‘अत्तरीको बोर्डरबाट सामान आयात निर्यात गर्ने वातावरण सृजना गर्नुपछर्,’ उनले भने ‘यसो गरेमा दुवै राष्ट्रलाई सहज हुन्छ ।’

नेपालमा पाकिस्तानी उत्पादनको प्रवर्दन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजक रावलपिन्डी चेम्वर अफ कमर्स तथा उद्योग पाकिस्तानले जानकारी दिएको छ ।

सो अवसरमा आयोजक रावलपिण्डीका अध्यक्ष खुस्रिद बालुर्सले क्षेत्रिय व्यापार फस्टाउन नसकेको गुनासो गरे । क्षेत्रिय व्यापार प्रवद्र्धन तथा प्रचारप्रसारको आवश्यक भएको उनले बताए । उनका अनुसार हाल क्षेत्रिय वयापार अहिले ५ प्रतिशत मात्र छ ।

मेला संयोजक अबदुल राफ चौधरीले मेलामा पाकिस्तानी उत्पादन सुलभ मूल्यमा खरीद गर्न सकिने बताए । साथै पाकिस्तानमा आएर आफ्नो उत्पादनको विक्री तथा प्रवद्र्धनका लागि नेपाली उद्यमी व्यवसायीलाई समेत आग्रह गरे । मेलामा छालाका ज्याकेट, कुर्ता सलवार, टप्स, फर्निचरलगायत सामग्री प्रदर्शनमा राखिएका छन् । मेला ५ दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL