Logo

रिलायबल र निर्धन बीच रेमिटेन्स सम्झौता, निर्धनका सवै शाखाबाट भुक्तानी पाइने

रिलायबल र निर्धन बीच रेमिटेन्स सम्झौता, निर्धनका सवै शाखाबाट भुक्तानी पाइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ असोज, काठमाडौं । रिलायबल रेमिट र निर्धन उत्थान बैंक बीच रेमिट्यान्स सम्झौता भएको छ । रिलायबल रेमिट तथा रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट सहायक महाप्रबन्धक दिपेन्द्र कडरीया र निर्धन उत्थान बैंकका तर्फबाट नायब महाप्रबन्धक भोजराज बस्यालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

reliable-remitnirdhan-uthan-bank

सम्झौता पश्चात निर्धन उत्थान बैंकका सबै शाखाबाट रिलायबल रेमिटको रेमिटेन्स सेवा प्राप्त गर्न सकिने छ । काठमाडौँको नक्सालमा केन्द्रिय कार्यालय रहेको निर्धन उत्थान बैंकको कुल १ सय ८७ शाखाबाट सेवाग्राहीले देश विदेशबाट आएको भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

साथै, आन्तरिक विप्रेषण मार्फत देशभर छरिएर रहेको २ हाजर ७ सयभन्दा बढी संजाल मार्फत विभिन्न बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी तथा संघ संस्थामा नगद झिक्न तथा जम्मा गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL