Logo

५ सार्वजनिक संस्थानको अध्ययन गर्न उपसमिति गठन, ४ महिनाभित्र अर्थसमितिलाई सुझाव दिने

५ सार्वजनिक संस्थानको अध्ययन गर्न उपसमिति गठन, ४ महिनाभित्र अर्थसमितिलाई सुझाव दिने



काठमाडौं । संघीय संसदको अर्थ समितिले नेपालका विभिन्न ५ सार्वजनिक संस्थानको अध्ययन गर्नका लागि एक उपसमिति गठन गरेको छ । समितिले मंगलबार विभिन्न ५ संस्थानको अध्ययन गरी त्यसको बारेमा सुझाव ल्याउनका लागि समष्टिगत आर्थिक नीति अध्ययन उपसमिति गठन गरेको हो ।

laxmi

मेटमणी चौधरी संयोजक रहेको उक्त उपसमितिले आगामी ४ महिनाभित्र विभिन्न ५ सार्वजनिक संस्थानको अध्ययन गरी सोहीअनुसारको सुझाव समितिमा पेश गर्नुपर्नेछ ।

उपसमितिले कम्तिमा ५ सार्वजनिक संस्था चयन गरी त्यसमा सरकारको लगानी, विगत ५ बर्षदेखिको नाफा, नोक्सान तथा वित्तीय कार्यसम्पादन, सम्पत्ती र दायित्वको अवस्थालगायत विषयहरु समेटेर अध्ययन गर्नुपर्नेछ ।

‘लगानीमा प्रतिफल, सम्पत्तिको उपयोग र त्यसबाट प्रतिफल लगायत वित्तीय व्यवस्थापन, मानव स्रोत व्यवस्थापन, भौतिक स्रोत व्यवस्थापन, बजार व्यवस्थापन, बजार प्रतिस्पर्धा, लगायतका विषयमा विश्लेषणसहित केस स्टडी गरी प्राप्त निश्कर्षको आधारमा समग्र सार्वजनिक संस्थान सञ्चालन र व्यवस्थापन सम्बन्धी स्पष्ट कार्ययोजना सहितको सुझाव पेश गर्ने,’ समितिको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै उक्त उपसमितिले समष्टिगत आर्थिक नीति, वैदेशिक सहायता नीति, अर्थतन्त्रमा सरकार, सार्वजनिक, निजी र सहकारी क्षेत्रको भुमिका, कुटनीतिलगायत बिषयमा गहन अध्ययन गरी आवश्यक सिफारिस समेत गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL