Logo

निजी क्षेत्रले भन्यो, ‘आपूर्तीमा अवरोधन नगर’, वार्ताबाटै समस्या सुल्झाउन आग्रह

निजी क्षेत्रले भन्यो, ‘आपूर्तीमा अवरोधन नगर’, वार्ताबाटै समस्या सुल्झाउन आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
६ असोज, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसघले वस्तु तथा उत्पादनको आपूर्तीमा अवरोधन नगर्न सवै पक्षसँग आग्रह गरेका छन् । उनीहरुले बुधवार विज्ञप्ती जारी गर्दै आपूर्तीमा अवरोध नगर्न तराई मधेशमा आन्दोलनरत पक्षसँग आग्रह गरेका हुन् ।
उनीहरुले राजनीतिक समस्यालाई राजनीतिक तवलबाट नै समाधान खोज्न र बन्द हड्ताललगायतका कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् । त्यस्तै, सरकारलाई कफ्र्यु फिर्ता लिन, वार्ताको वातावरण बनाउन पनि सुझाव दिएका छन् ।
नयां संविधानको घोषणा पश्चात मुलुकभित्र जारी आन्दोलन सामान्यिकरण हुंदैजाने र वार्ता संवादका माध्यमबाट समस्या समाधान हुने निजी क्षेत्रको अपेक्षा निरासामा बद्लीन थालेको महासंघले जनाएको छ । आफ्नो हठ र ढिपीलाई त्यागेर तत्काल वार्ता र संवादका माध्यमबाट जनताका असन्तुष्टिलाई समाधान गरि मुलुकको सौर्वभौमिकता र मुलुकले हासिल गरेको राजनीतिक उपलव्धीलाई जोगाउन महासंघले गम्भिर आग्रह गरेको छ । महासंघले मुलुकलाई सर्वोपरि राखी आफ्ना हठ र ढिपी त्यागेर बार्ताका माध्यमबाट अहिलेको संकट निवारण गर्न आन्दोलनरत दल र तत्काल वार्ताको वातावरण बनाउन नेपाल सरकार, मुख्य राजनीतिक दलहरु समक्ष आग्रह गरेको छ ।
त्यस्नै, परिसंघले सरकार, प्रमुख राजनीतिक दल र असंतुष्ट पक्षलाई सँगै बसी तुरुन्त समस्याको समाधान खोज्न अनुरोध गरेको छ । संविधान जारी भए पछि पनि प्रदेशको नाम र सिमाङ्कन समेतको विषयलाई लिएर विशेषतः विरगंज, विराटनगर, भैरहवा आदि स्थानमा लगातार भइरहेको बन्द, हडतालका कारण  उद्योगी व्यवसायी चिन्तित भएको परिसंघको ठहर छ । ‘असंतुष्ट पक्षबाट सीमा क्षेत्रको पारवहनमा पु¥याईएको अवरोधका कारण आपूर्ति व्यवस्थामा नै प्रतिकूल असर पर्न गइ भोली थप संकट नआउला भन्न नसक्ने स्थिति उत्पन्न भएको छ’ परिसंघको विज्ञप्तीमा भनिएको छ, ‘अहिलेको असंतुष्टि र विरोध राजनितिक भएकोले राजनीतिक एजेण्डालाई राजनीतिक तह र सम्बादकै माध्यमबाट समाधान गरिनु पर्दछ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL