Logo

मास्क नलगाई हिड्ने ४ लाख ६४ हजार जना प्रहरी नियन्त्रणमा, काठमाडौं प्रवेश गर्न खोज्ने २१ हजार यात्रु नाकाबाटै फिर्ता

मास्क नलगाई हिड्ने ४ लाख ६४ हजार जना प्रहरी नियन्त्रणमा, काठमाडौं प्रवेश गर्न खोज्ने २१ हजार यात्रु नाकाबाटै फिर्ता



काठमाडौं । पछिल्लो समय फैलिएको कोरोना संक्रमणको महामारीका कारण लागु गरिएको लकडाउन र कडाईको उल्लंघन गर्नेहरुलाई गृह मन्त्रालयले कारबाही गर्ने गरेको छ । सोही अनुसार गृह मन्त्रालयले हालसम्म मास्क नलगाई सडकमा हिँड्ने ४ लाख ६४ हजार २ सय १६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

laxmi

मन्त्रालयले जारी गरेको विज्ञप्तीअनुसार उक्त नियन्त्रणमा लिएका नागरिकमध्ये हालसम्म ३ लाख ९० हजार ५ सय ५४ जनालाई सम्झाई बुझाई छाडिएको र बाँकी ४२ हजार ६५ जनालाई भने मास्क दिएर सम्झाई पठाएको बताएको छ । यस्तै मन्त्रालयले ३१ हजार ६ सय ६ जनालाई भने जरिवानासहित छोडेको विज्ञप्तीहा उल्लेख छ ।

गृह मन्त्रालयले हालसम्म उपत्यकामा प्रवेश गर्न खोज्ने ८ हजार ६ सय २१ ओटा सवारीसाधन तथा अनुमति विना उपत्यका प्रवेश गर्न खोज्ने २० हजार ८ सय ७६ यात्रुलाई कारबाहीस्वरुप नाकाबाटै फिर्ता गराएको छ । कोरोनाको सन्त्रास बढ्दै गएपछि हाल देशभरका ४८ जिल्लामा निशेधाज्ञा लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL