Logo

आन्तरिक राजस्व विभागले सार्वजनिक गर्याे बढी कर तिर्नेको सुची, बढी आयकर तिर्नेमा एनसेल

आन्तरिक राजस्व विभागले सार्वजनिक गर्याे बढी कर तिर्नेको सुची, बढी आयकर तिर्नेमा एनसेल


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता
१ मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभागले राज्यलाई धेरै कर तिर्ने संस्था तथा व्यक्तिको नाम सार्वजनिक गरेको छ । सोमबार कर दिवसको अवसर पारेर विभागले बढी कर तिर्ने व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गरेको हो । साथै, अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०७०÷०७१ बढी कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान परिन गरेका छन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले पछिल्लो समय करको दायरा फराकिलो हुन थालेको कुल ग्राह्स्थ्य उत्पादनमा करको योगदान १७  प्रतिशत रहेको जानकारी दिए ।  साथै, करमा भएको बृद्धिका कारण वैदेशिक अनुदान माथिको परनिर्भरता समेत घट्दै गएको महतले जानकारी दिए ।

laxmi

bizkhabar_tax
आव २०७०/०७१ मा टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले सबैभन्दा बढी आयकर तिरेको छ भने सरकारी स्वामित्वको नेपाल टेलिकम सबैभन्दा बढी मूल्य अभिबृद्धि कर (भ्याट) तिर्नेमा परेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरुमा नविल बैंकले सबैभन्दा बढी आयकर तिरेको छ । होटल सेवा मार्फत सबैभन्दा बढी आयकर सोल्टी होटलले तिरेको छ भने व्यापार–व्यवसायबाट सिप्रदि ट्रेडिङ प्रालिले बढी आयकर तिरेको छ । यस्तै, निर्यात व्यापारबाट बढी कर तिर्नेमा किरण सुज म्यानिफ्याक्चर प्रालि रहेको छ ।
औषधी उद्योगबाट देउराली जनता फर्मासिटिकल्स, पर्यटन उड्यन क्षेत्रबाट बुद्ध एयर, स्वास्थ्य सेवातर्फ ओम अस्पताल एन्ड रिसर्च सेन्टर, लेखा परीक्षकबाट सीएससी एन्ड कम्पनी र रेमिटान्स कम्पनीबाट इन्टरनेसनल मनि एक्सप्रेस (आईएमई),ले बढी कर तिरेका छन् । यस्तै, छिमेकी लघुवित्त विकास बैंक भने सबैभन्दा बढी आयकर तिर्ने लघुवित्त कम्पनी घोषित भएको छ ।
शिक्षा सेवा शुल्कबाट काठमाडौं मेडिकल कलेज, कानून व्यवसायीबाट पायोनियर एसोसिएट्स, र चिकित्सकबाट डा. भोला रिजालले बढी आयकर तिरेका छन् । त्रिशक्ति ट्रेड सेन्टरले सबैभन्दा बढी करमा सहभागिता जनाएको विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL