Logo

एफएनसिसीआइका कार्यकारिणी सदस्य श्रेष्ठमा कोरोना संक्रमण पुष्टि, गरे यस्तो अनुरोध

एफएनसिसीआइका कार्यकारिणी सदस्य श्रेष्ठमा कोरोना संक्रमण पुष्टि, गरे यस्तो अनुरोध



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआइ) का कार्यकारिणी सदस्य तथा नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। श्रेष्ठले शनिबार आफ्नो फेसबुक स्ट्याटसमार्फत आफुलाई कोभिड १९ संक्रमण भएको पुष्टि गरेका हुन्।

विश्वव्यवापी महामारी कोभिड १९ सँग अग्रपंक्तिमा रहेर सेवा गरिरहेका स्वास्थ्यकर्मीहरुको आवास व्यवस्थापनको संयोजन तथा अन्य सामाजिक जिम्मेवारीको कार्यमा खटिरहँदा साउन २३ गते शुक्रबार आफुमा संक्रमण देखिएको उनले बताएका छन्।

संक्रमण देखिएलगत्तै होटल सिटी प्यालेसको आइसोलेसनमा उचाररत रहेको उनले उल्लेख गरेका छन्। साथै उनले संक्रमणमा पर्नुभएका सबैजनामा नआत्तिन र अन्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पनि सरकारले जारी गरेको निर्देशनको पूर्ण पालना गर्दै स्वास्थ्य सर्तकता अपनाउन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL